आज पनि घट्यो सेयर बजार, कारोबारमा कमी
सोमबार नेप्से परिसुचक ५ दशमलव८० अंक घटेर २५६० मा कायम भएको छ । आज सेयर बजार २५४४ अंकमा झरेर बन्द भएको हो ।
५ लाख रुपैयाँभन्दा धेरैको चेक साटेर नगद झिक्न नपाइने
अब ५ लाख रुपैयाँभन्दा धेरैको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले ५ लाखभन्दा माथिको चेक जारी गर्दा एकाउन्ट पेयी अनिवार्य गर्दै यस्तो व्यवस्था गरेको हो ।
भाइटीकाको दिन बाहेक भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।
नाफिजद्वारा २७४ जना सदस्यको दुर्घटना बीमा
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आफ्ना २७४ जना सदस्यको दुर्घटना बीमा गराएको छ । नाफिजले गत साधारणसभामा कायम रहेका आफ्ना सदस्य, सल्लाहकार तथा कर्मचारीको ‘सामूहिक दुर्घटना बीमा’ गराएको हो ।
नाफिजले गतवर्ष २०८१...
ग्लोबल आइएमईलाई दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” सम्मान
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधीले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख...
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ ।
ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले स्थापनाको १९औं वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत वृहत्...
पैसा धेरै भएपछि राष्ट्र बैंकले आज ४० अर्ब झिक्दै
बजारमा पैसा धेरै भएपछि वित्तीय प्रणालीबाट आज राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
भदौं २३ र २४ गते जेन–जी आन्दोलनमा भएको क्षतिमा ३ अर्ब ६८ करोड भुक्तानी
कात्तिक २४ गतेसम्म तथ्यांकअनुसार बिमा कम्पनीहरूमा २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा तोकिएको छ ।































