आइएमई र जीएमई रेमिटले मर्जरपछि एक अर्ब नाघ्यो चुक्ता पुँजी

काठमाडौं । आइएमई र जीएमई रेमिटले मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र आइएमइ लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आयोजित कार्यक्रममा एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । मर्जरपछि बनेको आइएमइको चुक्ता पुँजी एक अर्ब नाघेको छ ।

एकीकृत कारोबारको शुभारम्भ गर्दै डेपुटी गभर्नर मिश्रले राष्ट्र बैकको प्राथमिकता बमोजिम औपचारिक अर्थतन्त्र निर्माणमा आइएमइ रेमिटेन्सको योगदान शसक्त रहेको बताए । डेपुटी गभर्नर मिश्रले रेमिटेन्स सेवालाई सहज एवम् थप प्रविधियुक्त र सूलभ बनाउन पनि मर्जरले योगदान दिने जानकारी दिए ।
सोहि अवसरमा आइएमइका अध्यक्ष चन्द्रप्रसाद ढकालले करिब २५ वर्ष पहिले कम्पनी स्थापनाको समयलाइ स्मरण गरे ।

अध्यक्ष ढकालले भने, ‘सन् २००१ अर्थात आजभन्दा करिब २५ वर्ष पहिले, मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आइएमई अर्थात् इन्टरनेशनल मनी एक्सप्रेसको यात्रा त्यो समय पक्कै पनि सहज थिएन । सहज त के निजी क्षेत्रले पनि यसरी औपचारिक रुपमा विदेशबाट रकम भित्र्याउने कुराको कल्पना नै थिएन । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि केही देशहरु खुल्ला गरिसकेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या भर्खरै बढ्न सुरु गरेको थियो ।

जापान बस्दा हामी आफैँले नेपालमा पैसा पठाउँदा खेपेको सकस, अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीहरुले आफ्नै कमाइ आफन्तसम्म पु¥याउन झेलिरहेका समस्याहरु देखेका हामीहरुले छिटो, भरपर्दो माध्यम खोजी गर्दै गर्दा आइएमईको जन्म हुन पुगेको अध्यक्ष ढकालले उल्लेख गरे ।
अध्यक्ष ढकालले आइएमईलाई चाडै नै पब्लिकमा लैजाने जानकारि पनि गराए । अध्यक्ष ढकालले भने, जनतालाई नै मालिक बनाउने हाम्रो अर्को यो पहल हो ।

रेमिट्यान्सको आकार बढेको\ डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैंक खातामा पठाउन सकिने भएकाले रेमिट्यान्स कम्पनीको क्षेत्राधिकार विस्तारमा नेपाल राष्ट्र बैंकलले सहजीकरण गर्ने विस्वास रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

सो अवसरमा एकीकृत कारोवार पश्चात आइएमइ लिमिटेडका अध्यक्ष बनेका हेम राज ढकालले रेमिट्यान्सलाई औपचारिक अर्थतन्त्रमा जोड्दै देशको सामाजिक–आर्थिक रुपान्तरणको संवाहक बन्यो आइएमईले अझ सबल र डिजिटल रेमिट्यान्सको लिडरको रुपमा अघि बढाउनु प्रतिबद्धता ब्यक्त गरे ।

अध्यक्ष ढकालले भने आइएमई र जीएमईबीचको एकीकृत कारोबार पश्चात् अवको सेवा सञ्जालमा वृद्धि हुनेछ र सेवाग्राहीलाई सहज र सुलभ रेमिट्यान्स सेवा उपलब्ध गराउन थप सक्षम हुनेछौँ ।

सेवाग्राहीहरुको अपेक्षा तथा बजारको मागलाई ध्यानमा राख्दै दूरदराज सम्म डिजिटल रेमिट्यान्स सेवाको सहज पहुँच स्थापित गर्ने तथा सन्तुष्ट ग्राहकको संख्यामा उल्लेख्य वृद्धि गर्न कम्पनी सक्षम हुने आशा एवं विश्वास लिएको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

स्थानीय स्तरसम्म डिजिटल रेमिट्यान्स सेवा विस्तार गरी आमनागरिकलाई औपचारिक अर्थतन्त्रसँग जोड्नेमात्र नभएर देशको समग्र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निभाउन सकिने अपेक्षा संस्थाले लिएको छ । यसका लागि रेमिटेन्स कम्पनिहरुको कार्यक्षेत्र विस्तारमा सहयोग गर्न पनि अध्यक्ष ढकालले राष्ट्र बैकंसग आग्रह गरे ।

एकीकृत कारोवार पश्चात आइएमइका नवनियुक्त कार्यकारी प्रमुख दिवाकर पौडेलले यो मर्जर पछि समग्र रेमिटेन्स सेवालाई थप सरल, सहज एवम् थप प्रविधियुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । पौडेलले भने, रेमिटेन्स सेवामा प्रयोग हुँदै आएका र आउन बाकी अन्य प्रविधिलाई कार्यान्वयन ल्याउने तथा डिजिटल रेमिटेन्सको अवधारणालाई हामीले मुख्य प्राथमिकतामा राखेका छौँ । डिजिटल रेमिटेन्स तर्फको रुपान्तरणले आइएमईको सेवालाइ थप चुस्त र सुलभ बनाउने छ ।

आइएमइमा गाभिएका जिएम इ रेमिटका अध्यक्ष दिवाकर शर्मा पौडेलले कोरिया जापान लगायतका उदाउँदा श्रम गन्तव्यहरु लक्षित गरि सेवा दिइरहेको जिएम इ रेमिटलाइ सम्मानजनक रुपमा आइएमइमा गाभिन सफल भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here