लकडाउनको अवधिमा एक अर्ब १३ करोडको औषधि आयात

काठमाडौं, १५ बैशाख । कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन फेरि १० दिनको लागि थपेको छ ।

चैत ११ गतेदेखि सुरु भएको लक डाउन थप हुँदै पछिल्लोपटक वैशाख २५ गतेसम्म बढाइएको छ ।

यस अवधिका खाद्यान्न लगायत औषधिजन्य वस्तुको आपूर्ति रोकिएको छैन् ।

सरकारले लकडाउन गरेयता बैशाख १३ गतेसम्म एक अर्ब १३ करोड ३७ लाख रुपैयाँ मूल्य बराबरको तयारी औषधि आयात गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

औषधिका लागि चाहिने कच्चापदार्थ करिब २६ करोड रुपैयाँ मूल्य बराबरको आयात भएको उल्लेख गरिएको छ । भारतसँग दुई करोड ४० लाख रुपियाँ बराबरको ५३ प्रकारका औषधि खरिद गरिँदैछन् ।

६७ प्रकारका ३४२ टन औषधिजन्य स्वास्थ्य सामग्री खरिद गर्न चीनको सरकारी स्वामित्वमा रहेको चाइन सिनोफार्म इन्टरनेसनल कर्पोरेसनसँग एक करोड ८४ लाख ७०६ अमेरिकी डलर मूल्य बराबरको सम्झौता भएको

भारत सरकारले भारतमा बढ्दै गएको कोरोना संक्रमणलाई लक्षित गरी दर्जनौँ प्रकारका औषधिको निर्यातमा रोक लगाएको थियो।

जसको कारण बन्देजमा परेका औषधिहरु सीमा पारी नै होल्ड भएका थिए भने बाँकी औषधि धमाधम नेपाल भित्रिएका थिए।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेपछि भारतले विश्वका धेरै मुलुकमा औषधि निर्यातलाई फुकुवा गरेको छ ।

बन्दाबन्दी सुरु भएदेखि वैशाख १३ गतेसम्म भारतबाट ९१ हजार ४५६ मेट्रिक टन खाद्यान्न, २६ हजार ८२ मेट्रिक टन दाल, ४४ हजार २३५ मेट्रिक टन तरकारी, ११ हजार १३८ मेट्रिक टन फलफूल, ३६ हजार ४४२ मेट्रिक टन एलपीजी ग्यास, १७ हजार ४९६ किलोलिटर इन्धन समेत आयत भएको छ ।

वार्षिक ३० अर्बको औषधि आयात

नेपालमा वार्षिक ३० अर्बभन्दा धेरैको औषधि आयात हुने गरेको छ । तथ्यांक अनुसार सन् २०१९ मा ३० अर्ब १२ करोड रुपैयाँ भन्दा धेरैको औषधि आयात भएको थियो ।

नेपालमा औषधि आयातको मात्रा वार्षिक बढ्दो क्रममा छ । नेपालमा सन् २०१७ मा २४ अर्ब १८ करोडभन्दा धेरैको औषधि आयात भएको थियो ।

त्यस्तै, सन् २०१८ मा २७ अर्ब २८ करोड रुपैयाँ बराबरको औषधि आयात भएको थियो । औषधि आयातको मात्रा बढ्दो क्रममा छ ।

आयात हुने औषधिहरुमा करिब १५ हजार भन्दा बढी ब्राण्डका सिटामोल देखि लाइफ सेभिङ ड्रगसम्म छन् । नेपालमा भारतका साथै स्वीजरल्याण्ड, बेलायत, बेल्जियम जस्ता देशबाट पनि अर्बो रकमको औषधि आयात हुने गरेको छ ।

यी चार देश बाहेक चीन, बङ्गलादेश, नेदरल्याण्ड, अमेरिका, जर्मनीबाट पनि वार्षिक करोडौं रकमको औषधि आयात हुने गरेको छ ।

केन्द्रको तथ्यांक अनुसार सन् २०१९ मा स्वीजरल्यान्डबाट १ अर्ब ६९ करोड, बेलायतबाट १ अर्ब ११ करोड, बेल्जियमबाट १ अर्ब १० करोड, चीनबाट ३८ करोडको, बंगलादेशबाट ३४ करोड, नेदरल्याण्डबाट ३० करोड, अमेरिकाबाट २६ करोड, जर्मनीबाट २३ करोड र अन्य विभिन्न देशबाट १ अर्ब २८ करोड रुपैयाँ बराबरको औषधि आयात भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here