इन्टरनेटले काम नगर्दा विश्वभर १० खर्ब नोक्सानी, भारतले गुमायो १ खर्ब ३० अर्ब

काठमाडौं । इन्टरनेट अहिले दूनियाँभरका मानिसका लागि पेशा तथा व्यवसाय गर्ने एक माध्यम हो । त्यसकारण २४ सै घण्टा यसको ठूलो महत्व रहेको छ ।

भारतले एक वर्षमा इन्टरनेटमा आएको खराबीका कारण ९२४५ करोड रुपैयाँ गुमाएको इन्टरनेट रिसर्च फर्मले गरेको अध्ययनबाट देखिएको छ । इराक र सुडानपछि इन्टरनेट नचल्दा धेरै रकम गुमाउनेमा भारत तेस्रो स्थानमा पर्छ ।

अध्ययन अनुसार भारतमा सन् २०१९ मा १०६ पटकसम्म इन्टरनेट सेवा बन्द भएको थियो । त्यसमा पनि कश्मीर सबैभन्दा धेरै समय इन्टरनेट बन्द हुने क्षेत्रमा रुपमा रहेको छ ।

यहाँ १५८ दिनसम्म इन्टरनेट बन्द गरिएको थियो । सोही कारण इन्टरनेटमा आधारित धेरै काम प्रभावित भएका कारण भारतले भारी नोक्सानी बेहोर्नु परेको हो । तथ्यांक अनुसार इराकमा सन् २०१९ मा २०९ घण्टा इन्टरनेट बन्द भएको थियो ।

यसले २.३ अर्ब डलरको नोक्सानी उक्त देशले भोगेको छ । सुडानमा ८६४ घण्टा बन्द भएको इन्टरनेट सेवाका कारण १.८७ अर्ब डलरको नोक्सानी भएको हो । भारतमा भने यस वर्ष कूल १.३ अर्ब डलर ( १ खर्ब ३० अर्ब भन्दा धेरै रुपैयाँ) बराबरको नोक्सानी भएको हो ।

फर्मले गरेको ‘द ग्लोबल कष्ट अफ इन्टरनेट शटडाउन’का लागि विश्व बैंक, आइटीयू, यूरोस्टेट तथा यूएस सेन्ससबाट तथ्यांक लिइएको थियो । इन्टरनेट बन्द हुँदा संसारभर कूल ८.०५ अर्ब डलर (झण्डै १० खर्ब रुपैयाँ) हाराहारी नोक्सान भएको छ । यो आंकडा अघिल्ला वर्षहरुको तुलनामा निकै बढी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here