गरिबको पीडा – ‘रोग भन्दा छिट्टो बस्तीमा भोक आईपुग्यो’

पप्पु गुरुङ्ग, दोधारा, २८ साउन । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनपछि माहाकाली नगरपालिका–६ का पूजा बादीको घरमा चुल्हो जल्न धौं-धौं छ ।

पूजालाई आफन्तले चामल, नुन तेल पैचो केही दिन सम्म पैचो दिए । पैचो चामलबाट उनले जहान परिवार पालिन । माहाकाली नगरपालिका कार्यालयले २ पटक, वडा अध्यक्षले १ पटक र सामाजसेवी भिम कुमालले १ पटक दिएको राहतले केही दिन सम्म उनको परिवारको छाक टर्यो ।

भारतमा ज्यालादारी गर्न गएको उनका श्रीमान बिनोद बादी कोरोना भाइरसको कारणले रित्तो हात घर फर्कनु पर्यो । श्रीमानले काम खोज्दा नपाएपछि घरमा चुल्हो जलाउन उनलाई समस्या पर्दै आएको छ ।

कोरोना भाइरसको कारण सरकारले लकडाउन गरेपछि माहाकाली नगरपालिकाका अन्य व्याक्तिले पनि पूजाको जस्तै पिडा भोग्नु पर्दै आएको छ् । ‘जहान परिवार पाल्न दतिल बस्तीले पैसाले अन्न खोजेर ल्याए । त्यहीले गुजारा चलाए ।

केटा केटीलाई मात्र खान दिएर कहिल्यै आधी छाक बस्यौं’ बादी बस्तीका पुजा बादीले भने । काम गरेर पैसा आउने हो । काम नहुदा कसरी पैसा हुन्छ ? उनले गुनासो पोखे ।

भारतमा रहेका श्रीमानले लकडाउनको कारण पैसा नपठाएपछि घरमा खानाको समस्या खेप्दै आएको सपना बादीको भनाई रहेको छ ।

दिनभरी गाँउ बस्ती चाहारेर संकलन गरेको अन्नले बिहान बेलुकाको छाक टार्न समस्या पर्दै आएको सपनाको भनाई रहेको छ् । फेरी राहत आउछ भनेको नगरपालिकाका प्रतिको आश अझै मरेको छैन् ।

माहाकाली नगरपालिकाले २ पटक दिएको र दाताले दिएको राहत सक्कीएर घरमा चुल्हो जलाउन समस्या परेपछि बस्तीमा चाहारेर माग्नको विकल्प नभएको सपना बादीको भनाई रहेको छ ।

‘यस्तै हो भने, रोग भन्दा पहिला भोकले मरिने भो’ । हामी गरिवलाई महिनौं दिनसम्म यति पिडा र दुःख पर्दा पनि स्थानीय सरकारले नहेरेको गुनासो गरे । जुनसुकै व्यक्तिले पनि हुने खाने र पहुच भएकालाई सहयोग गर्ने हुन ।

हामी गरिबको छौ । हाम्रो सरकार भएको भए त हाम्रा दुःख पिडा बुझेर राहत दिदो हो त ।’

उनले भने, ‘खोई कहाँ छ हाम्रो सरकार ? ’ सरकारले घरबाट बाहिर नआउनु रोग लाग्छ भनेर हामीले घरमै बस्यौं । तर रोग भन्दा छिटो हाम्रो बस्तीमा भोक आई पुग्यो, सपना बादीले बताए ।

लकडाउन संगै गाँउ घरमा विकास निर्माणका काम बन्द हुदा सबै भन्दा पहिला आफ्नो समुदायलाई छाक टार्न समस्या परेका अर्का स्थानिय बिरमता दमाईले बताए ।

भारतमा कमाएर गुजारा चलाउदै आएका बिरमता दमाईको श्रीमान घर फर्केपछि गाउँ घरमा ज्याला मजुरी गर्न समेत काम नपाएको हुदा घरमा अनिकाल छाएको बिरमता दमाईले रुदै भनिन् ।

‘काम नगरी कसले खान दिन्छ् । घरमा एक छाक अन्न छैन, काम गरौं भने सबै बन्द छ् । कसरी जहान परिवार पाल्ने, सक्नुहुन्छ भने, सरकारलाई छिटो चामल पठाईदिनु भन्नुहोला’ माहाकाली नगरपालिका वडा नं. ६ का बिरमता दमाईले दुख पोखिन् ।

तर पनि सरकारले लगाएको लकडाउनलाई आफ्नो समुदायले घरमै बसेर सहयोग गरेको उनीहरु बताउँछन । ‘हामीले त सरकारलाई भोकै बसेर पनि कुरा मान्यौ, सरकारले हामीलाई कहिले सहयोग गर्ने हो ।

घरमा चुल्हो जलाउन हैरान छ,’ बिरमता दमाईले दुखेसो पोखे । कतै काममा जाउ भन्दा पुरै कामनै पाईन्न् । घर जहान परिवारलाई पैसा कमाउन भारत गएका श्रीमान रित्तो हात घर फर्केका छन् ।

दलित बस्तीहरु दोहोरो चिन्तामा छन् । एकातिर आफन्तहरु कोरोना भाइरसको कारण भारतबाट रोजगारी गुमेर कामको खोजीमा बरालिएका छन् भने अर्को तिर के खाने भन्ने चिन्ता छ ।

माहाकाली नगरपालिकाले छिटो भन्दा छिटो फेरि राहत वितरणसंगै रोजगारीको ब्यवस्था गर्नुपर्ने उनिहरुको भनाई छ ।

माहकाली नगरपालिका वडा नं.५ का भिम बहादुर सुनार अर्थात सोताल जेठा पनि गरिबी त्यसैमा लकडाउन पिडाले गाँउ बस्तीमा चाहारेर मागी खान समेत समस्या परेको छ् । केरा घारीको अनकन्टार झाँडीमा उनको एक झुपडी छ् ।

सहनै नसकिने पिडामा बस्दै आएका सोताल जेठाको एक मात्र सहारा भनेको बृद्ध भत्ता रकम मात्रै हो । रातीको समयमा पानी परेपछि उनको पुरै ओछ्याउन समेत निथ्रुक्क भिजाउँछ ।

देशमा गणतन्त्र पछि घर-घरमा सिंह दरबार आएको भनिएता पनि सोताल जेठाको झुपडीलाई कसैले हेर्ने चेष्टा समेत गरेनन् । पिडामा रहेको सोताल जेठालाई लकडाउनले पर्नु पिर परेको छ ।

लकडाउनको कारण खानाको समस्यामा पर्दै आएका माहाकाली नगरपालिकाका बस्तीका दलित समुदायले सरकारको खोजी गर्न थालेका छन् । ज्यालामजदुरी गरेर जीवन धान्दै आएका दलित समुदायले चुल्हो जलाउन धौं-धौं पर्दै आएको अवस्थामा सरकारको खोजी गर्न थालेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here