जाडोमा म्याक कफीको चुस्की !

अर्जुन न्यौपाने

काठमाडौं । मध्य हिउँदको चिसोले आफ्नो उपस्थिति बढाउँदै छ । घाम प्यारो लाग्ने यो मौसमको प्यारो पेय हो तात्तातो कफीको चुस्की । साथीभाइ जमघट होस या पारिवारिक माहौल, चिया कफी अनिवार्य बन्दै छ । सोहिकारण जाडो याममा तातो चिया र कफीमा नेपालीको मोह उत्तिकै लोभलाग्दो छ ।

बिहानीको सुरुवात होस या दिनको थकानका बीच एक कप कफिले फुर्ती ल्याइदिन्छ । यस्तै कफी पारखी युवा पुस्ताको रोजाइ बन्दैछ ‘म्याक कफी’ । मलेसियामा फ्याक्ट्री र सिंगापुरमा मुख्य कार्यालय रहेको जसलाई नेपालमा अर्कश ग्रुपले भित्र्याएको हो ।

कफी पारखीको मन जित्न सफल म्याक अहिले नेपालमा बढी रुचाइएको ब्रान्डमा पर्न सफल रहेको ग्रुपको भनाइ छ ।

क्याफेहरुमा भेटिने कफीका विभिन्न ब्रान्डमध्ये म्याक कफिले आफूलाई अब्बल सावित गरेको छ । अर्कस ग्रुपका बजार व्यवस्थापक रामकृष्ण अधिकारीका अनुसार यो ब्रान्ड १३ वर्ष अगाडि नेपाल भित्रिएको हो ।

कफिको प्रीमियम गुणस्तर र शानदार स्वाद नै ग्राहकको मन जित्ने शुत्र रहेको उनको भनाइ छ । उनका अनुसार म्याक कफीको बिक्री अहिले ६० जिल्लामा पुगिसकेको छ । यसको माग हरेक दिन बढिरहेको अधिकारीले जानकारी दिए ।

म्याकले विश्वका ९ मुलुकमा उत्पादन प्लान्ट राखेर ६० भन्दा बढी मुलुकमा विभिन्न उत्पादन बिक्री गरिरहेको छ । कम्पनीले मलेसिया, काजस्तिान भियतनाम, भारत, रसियालगायत मुलुकमा प्लान्ट राखेको छ ।

म्याक ब्रान्डमा नेपालमा म्याक कफी, क्लासिनो कफी, साल्ट टी तथा अन्य उत्पादन अर्कश ग्रुपले प्रवर्द्धन तथा बिक्री गरिरहेको छ ।

कस्तो छ नेपालमा म्याक कफीको बजार

पछिल्लो समय नेपाली बजारमा कफी सप खोल्नेहरुको लहर चलेको छ । अहिले आधुनिक कफी पसलका लागि योग्यताको प्रमाणपत्र ठमेल वा दरबारमार्गसँग मात्र नभई व्यस्त सडकछेउछाउ पनि मान्छे रोकिएर कफी पिउने अवस्था छ ।

जताततै सफा कफी पसल देखिन थालेका छन् । आकर्षक सजावटका कफी पसलमा ग्राहक पनि बढिरहेका छन् ।

स्वदेश वा विदेशका कफी सपमा काम गरेका, कफी बनाउने (बरिस्ता) तालिम लिएका कफी व्यवसायमा तानिएका छन् भने काठमाडौंमा कफी पारखी देखेरै होला विदेशका कफी चेनले पनि यहाँ आउटलेट खोलिरहेका छन् ।

सहरमा केही लाखदेखि झन्डै करोड रुपैयाँ लगानीमा कफी सप खुल्ने क्रम चलिरहेको छ । यसको फाइदा कफी बिक्रेतालाई पुगेको छ ।

पूर्वमा विर्तामोड, हिलेदेखि पश्चिममा महेन्द्रनगरसम्म म्याक कफीले बजार लिर्दै आएको अधिकारीको दाबी छ । वार्षिक रुपमा अनुमानित २०/२५ कन्टेनर कफीको उत्पादन नेपाल भित्राउने गरेको उनले जानकारी दिए।

‘नेपालमा उत्पादन हुने कफी भन्दा बाहिरबाट आयत हुने कफी प्रयोगको लागि सहज हुने भएकाले नै विदेशी कफीको मोह बढेको छ, नेपालमै भित्रने अन्य ब्राण्डको कफी भन्दा राम्रो भएकाले कडा खानेले हाम्रो नै खान्छन्,’ उनले भने ।

लकडाउनको प्रभाव

कोरोना संक्रमणसँगै शुरु भएको लक डाउन र निषेधाज्ञाको प्रभाव अन्य उत्पादनको तुलनामा कफीको लागि भने कमै परेको छ ।

जाडोमात्रामा बढी बिक्री हुने हुनाले सिजन सकिए लगत्तै शुरु भएको लकडाउनले खासै प्रभाव नपारेको अधिकारीले बताए । कफीको सिजन बल्ल शुरु भयो, माग बढ्दो क्रममा छ, अघिल्ला वर्षको तुलनामा २० प्रतिशतको मात्र प्रभाव परेको हो ।

हामीले बिक्री शुरुगरे देखि नै कहिले पनि असन्तुष्ट हुनु परेको छैन् , व्यापारको ग्राफ वर्षेनी उकालो लाग्दो क्रममा छ, सन् २०१४ मा भने अहिल्लेसम्मकै उकृष्ट माग आएको थियो त्यो पनि सहज रुपमै दिन सक्यो उनले क्लाउड पत्रिकासँग भने ।

म्याक कफीको उत्पादन नेपालमा सम्भव छ ?

मलेसियन ब्रान्ड म्याक कफीको नेपाली बिक्रेता अर्कश ग्रुपले नेपालमै उत्पादन गर्ने बारे छलफल गरेपनि सम्भावना कमै भेटेको अधिकारीले क्लाउड पत्रिकासँग बताए ।

यस्ता उत्पादनको लागि नेपालमा बजार तयार नभइसकेको, कच्चा पदार्थ कमै मात्रामा पाईने र प्रसोधन प्लान्ट नेपालमा राखेर अन्यत्र निर्यात गर्न कठिन रहेको उनको भनाइ छ।

आयत निर्यातको लागि नेपालमा कानूनी प्रक्रिया झन्झटिलो भएको कारण नै नेपालमा उत्पादन गर्न कठिनाइ नै रहेको छ । कतिपय विदेशी ब्रण्डका कम्पनीहरु नेपालमा आएर पनि कानूनी प्रक्रियामा नै टिक्न नसकेर फर्किएका कयौ उदाहरण नै रहेका छन् ।

भारतमा भने म्याक कफीको उत्पादन शुरु भैसकेको छ । भारतमा तीनवटा फ्याक्ट्री सञ्चालनमा रहेकोले केहि सामान त्यताबाट पनि आउने गरेको बताए । नेपाल उत्पादन हुने चिया कफीको प्रवद्धनको व्यवस्था सरकारले राम्रो गर्न नसकेकै कारण विदेशीको भर पर्ने अवस्था आएको उनको दाबी थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here