हालसम्मकै ठूलो आइपीओ माघ २ गतेदेखि आउने, कति आवेदन दिँदा ठिक ?

काठमाडौं । नेपाली सेयर बजारमा अहिलेसम्मको सबैभन्दा ठूलो प्राथमिक साधरण सेयर (आइपीओ) माघ २ गतेदेखि विक्रीमा आउने भएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता सेयर आइपीओ निष्काशन गर्न लागेको हो ।

निष्काशन हुने कुल ८ करोड कित्तामध्ये बैंकले कर्मचारीका लागि १ लाख ६० हजार कित्ता (०.२० प्रतिशत) र सामूहिक लगानी कोषका लागि ४० लाख कित्ता (५ प्रतिशत) छुट्याइएको छ ।

बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

बैंकको आइपीओमा माघ ६ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिसम्म सबै सेयर विक्री नभएमा ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन पाइनेछ ।

बैंकले सेयर निष्काशनको लागि नागरिक लगानी कोषलाई अन्डरराइटर र एनआइबीएल एस क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बैंकको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी–आइआर बीबीबी’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको र वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउँछ ।

आइपिओ भर्ने सबैले सेयर पाउने पक्का छ । १० कित्ता सेयर नीतिअनुसार अहिले आइपिओ वितरण हुने गरेको छ । बैंकको आठ करोड कित्ता सेयर १० कित्ताका दरले ८८ लाख जनाले पाउने सम्भावना रहन्छ । नेपालमा ८८ लाख आवेदक भने छैनन् ।

तर बढीमा १२ लाख जनाले आवेदन दिने हुँदा पूर्वाधार बैङ्कको सेयर भर्ने जति सबैलाई पर्नेछ । हालसम्म नेपालमा डिम्याट खाता खोल्नेको संख्या २३ लाख भन्दा धेरै रहेको छ भने आइपीओमा सहभागिता देखाउने डिम्याटको संख्या १० लाखभन्दा धेरै छ ।

यस अघि खुलेको प्रभु लाइफको सेयरमा १० लाख ५१ हजार २१६ जनाले आवेदन दिएका थिए । सोमध्ये २ हजार १६९ आवेदन रद्द भएका थिए ।

बैंकको आइपीओ आउने बेला सम्ममा आवेदकको संख्या धेरै बढे १२ लाख पुग्ने देखिन्छ । उक्त संख्यालाई आधार मान्दा जस बैंकको आइपीओमा प्रति आवेदक ६६ देखि ७० कित्ता सम्म शेयर पर्ने सम्भावना प्रवल छ । तर, उक्त आइपीओमा सेयर पर्ला भन्ने आवेदकले दिने आवेदनमा पनि भर पर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here