व्यावसायिक माछापालनतर्फ आकर्षण

– कृष्ण दर्नाल

खेतबारीमा अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक माछापालन गर्न थालेका छन् । खेतबारीमा अन्नबाली उत्पादन गर्दा लगानीअनुसारको उत्पादन नहुँदा चिन्तित बनेका किसान व्यावसायिक माछापालनतर्फ आकर्षित छन् ।

खेतबारीमा प्रशस्त पानीका मुहान हुने किसानले अहिले अन्नबाली उत्पादन गर्ने खेतबारीमा माछाका पोखरी निर्माण गरेर व्यावसायिक माछापालन आकर्षित भएका हुन् ।

परम्परागत अन्नबाली उत्पादनमा प्रतिफलभन्दा श्रम खर्चिनुपर्ने बाध्यता रहेको व्यावसायिक माछापालनमा किसान आकर्षित हुन थालेका छन् ।

कम लगानी र मुनाफा बढी हुने भएपछि तिनाउ गाउँपालिकाको दोभानस्थित झ्यालका युवा अन्नबाली उत्पादन हुने खेतबारी पोखरी निर्माण गरी माछापालन व्यस्त देखिएका छन् ।

तिनाउ गाउँपालिका दोभानको झ्यालामा व्यावसायिक माछापालन गर्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन आएको छ । दश घरपरिवारले एक बिघा जमीनमा व्यावसायिक माछापालन गरी वार्षिक तीन/चार करोड आम्दानी गर्न सफल हुने भनाइ छ ।

नेकपा माओवादीबाट स्थानीय निर्वाचनमा तिनाउ गाउँपालिकाका उम्मेदवार तथा नेकपाका प्रदेश सदस्य चक्रव्यूह थापालगायतका युवा मिलेर माछापालन व्यवसाय शुरु गरेका हुन्।

माछापालनबाट आर्थिक लाभसँगै स्थानीयस्तरमा स्वरोजगारका कार्यक्रम सिर्जना गर्न सहयोग पुगेको हो । थापाले पाँच रोपनी जमीनमा आठ वटा पोखरी निर्माण गरी माछापालन व्यवसाय थालनी गरेको बताए ।

राजनीतिसँगै उनले माछापालन व्यवसायलाई अगाडि लैजाने सोच राखेका छन् । राजनीति गर्न जतिबेला तानसेन बस्दा पनि घरमा आएका बेला हरेक वर्ष माछापालनका लागि एक/एकवटा पोखरी खने ।

एउटा पोखरी स्थानीय सरकारको माछापालन पकेट क्षेत्रअन्तर्गतको अनुदानमा खनिएको हो । आठ वटा पोखरीमा पालेका माछाबाट वार्षिक रु तीन लाख आम्दानी गर्ने लक्ष्य रहेको थापाले बताए ।

“स्थानीय स्रोत र साधनको परिचालन माछापालन गर्न तोरीको पिना र भुस मोलेर दिन चलन छ । अहिले हामीले बजारको व्यवस्थापन गर्न समस्या हुन्छ, भनेर बजारको पिलेट दानाभन्दा स्थानीयस्तरमा उत्पादित दानाको प्रयोग गरिएको हो । पछि अनुदान पाएपछि हामीले माछालाई पिलेट दाना खुवाउन थालेका छौँ”, थापाले भने । बजारबाट ल्याउने दाना खुवाउँदा एक किलो खुवाउँदा डेढ किलोसम्म उत्पादन दिने विज्ञको भनाइ छ ।

यस क्षेत्रमा नैनी कमन, सिलभर, भ्याकुरलगायतका माछापालन राम्रो उत्पादन गर्न सम्भावना रहेको छ । मूलको पानीबाट पालेका माछा खाँदा स्वादिलो र मिठो हुने भन्दै घरमा नै माछा खरीद गर्दछन्, माछाका लागि बजारको समस्या नरहेको माछापालन गर्ने व्यवसायीको भनाइ छ । स्थानीयस्तरबाट प्रतिकिलो रु ३५० मा माछाको कारोवार हुँदै आएको छ । मूलको पानीमा ढिलो उत्पादन हुन्छ ।

तिनाउ गाउँपालिकाले माछापालन पकेट क्षेत्रअन्तर्गत वडा नं ३ को झ्यालामा व्यावसायिक माछापालनका लागि रु तीन लाख ७० हजार किसानलाई अनुदान प्रदान गरिएको गाउँपालिका प्रवक्ता तथा वडाध्यक्ष राजेश श्रेष्ठले बताए । यो वडामा पोखरी निर्माणका लागि प्रतिपोखरी रु १५ हजार अनुदान दिएको हो । अनुदानपछि माछापालनलाई व्यावसायिक बनाई आर्थिक लाभ लिन सफल हुने देखिएको छ ।

वडाध्यक्ष श्रेष्ठका अनुसार वडामा तरकारीखेती गर्नका लागि रु दुई लाख बजेट छुट्याइएको छ । बोटे गाउँमा व्यावसायिकरुपमा तरकारीखेती गरी आयआर्जन गर्ने उद्देश्यका साथ रु एक लाख ५० हजार बजेट खर्चिने योजना छ । तरकारीखेतीबाट केही पैसा कमाउन सफल हुने श्रेष्ठको दाबी छ ।

५० हजार तरकारीखेती गरिरहेका किसानलाई उत्पादनका आधारमा राम्रो काम गर्नेलाई थप प्रोत्साहनको सहयोग गर्ने योजना छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here