बैंक तथा वित्तीय संस्थालाई शेयरमा लगानी गर्न कडाइ, लघुवित्तको किन्नै नपाउने

काठमाडौं, ११ जेठ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा लगानी गर्न कडाइ गरेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा पछि एकीकृत परिपत्रमा संशोधन गर्दै अल्पकालिन कारोबारबाट नाफा कमाउनेगरी शेयर बजारमा लगानी गर्न कडाइ गरेको हो ।

राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले धितोपत्रको दोस्रो बजारमा १ वर्षभन्दा कम अवधिका लागि लगानी गर्न नपाउने भएका छन् ।

‘सर्वसाधारणमा सेयर विक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।’

यस्तै खरिद गरेको एकवर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानीमात्र विक्री गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । तर, यसअघि २०७८ जेठ १० गतेसम्म लगानी गरेका सयर २०७९ असार मसान्तभित्र विक्री गर्न बाधा नपुग्ने राष्ट्र बैंकले जनाएको छ ।

यो व्यवस्थाले धेरै फाइनान्स कम्पनी र विकास बैंकमात्र होइन, ठूला बैंकहरु पनि समस्यामा पर्ने छन् ।

सँगसँगै यसको असर शेयरको दोस्रो बजारमा पर्नसक्ने भएको छ । लामो समयदेखि बैंकहरुले शेयर बजारमा अल्पकालिन लगानी गरेर उच्च दरमा माग सिर्जना गर्दै आएका थिए ।

त्यस्तै त्यस्तै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले लघुवित्तको शेयर किन्न नपाउने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थालाई बमोजिम विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न नपाइने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले हिजोसम्म किनेको शेयर असार मसान्तसम्म बेच्न दिने व्यवस्था गरेको छ ।

असार मसान्तसम्म शेयर नबेचेमा बाँकी सेयर किनेको मितिले १ वर्ष पुगेपछिमात्रै बेच्न पाइने भएको छ । त्यसमा पनि एक आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको प्राथमिक पूँजीको १ प्रतिशतमात्रै शेयर बेच्न पाइने व्यवस्था भएको छ ।

निर्देशनमा भनिएको छ,खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिकवर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्रीगर्न सक्नेछन्।

तर, यसअघि(मिति२०७८।०२।१० सम्म)लगानी गरेका शेयर २०७९ असारमसान्तभित्र बिक्रीगर्न यस व्यवस्थाले बाधा पुगेको मानिनेछैन ।

(५) इ.प्रा.नि. नं. १७ को बुँदा नं ५ बमोजिम विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनकोलागि बाहेक ।।।घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पाइने छैन ।

यसअघि (मिति२०७८।०२।१०सम्म)त्यस्तो शेयर खरीद गरेको भए २०७८ पुसमसान्तभित्र बिक्री/विनिवेश गरिसक्नुपर्नेछ ।

यसअघि बैंक तथा वित्तीय संस्थाले व्यापारिक प्रयोजनका लागि शेयर बजारमा आफ्नो प्राथमिक पूँजीको १ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था थियो । यसो गर्दा ठूलो रकम सेयर बजारमा प्रवाहित भएको थियो ।

अहिले बाणिज्य बैंकसँगमात्रै साढे ५ खर्ब रुपैयाँ पूँजी छ । त्यसको १ प्रतिशत अर्थात् साढे ५ अर्ब रुपैयाँ बाणिज्य बैंकलेमात्रै सेयरको व्यापारमा लगानी गर्न पाउने व्यवस्था हटाइँदा शेयर यर बजारलाई ठूलै असर पर्नसक्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here