तरकारीमा भएका विषादिको असर कसरी कम गर्ने ? थाहा पाइराखौं

काठमाडौं । विदेशबाट आयात हुने तरकारीमा अत्यधिक विषादि भएको भन्दै सरकारले परिक्षण सुरु गरेपछि तरकारीको चर्चा सुरु भएको छ ।

तरकारीमा विषादी धेरै मिसाइने बारे कहिलेकाँही आमसञ्चार माध्यममा कुरा उठ्ने गरेपनि अहिले यस विषयमा अहिले जस्तो व्यापक चर्चा परिचर्चा यसअघि हुने गरेको थिएन ।

आफ्नै करेसाबारीमा लगाइएको तरकारीमा हामीले विषादिको प्रयोग गर्ने गर्दैनौं तर, बजारमा किनिने तरकारीमा विषादिको मात्रा अत्यधिक हुने गर्छन् । त्यसैले हामीले तरकारी र फलफूल खानभन्दा पहिले त्यसमा भएका विषादिको मात्रा कसरी कम गर्न सकिन्छ भनेर जानी राख्नुपर्छ ।

#तरकारीमा विषादिको प्रयोग किन गरिन्छ ?

हामी स्वस्थ रहनको लागि फलफूल र हरियो सागसब्जीहरु धेरै मात्रामा खानुपर्छ भन्छौं तर, यी आजभोली दुवै चीजमा अत्यधिक मात्रामा विषादि हालिएको हुन्छ ।

तरकारी उत्पादनको क्रममा नै धेरै उत्पादन होस, फलफूल ठूलो होस् भनेर विभिन्न खालका रसायनीक मलको साथमा विभिन्न प्रकारका औषधिहरु प्रयोग गरिन्छ जसको मात्रा उत्पादन भइसकेका तरकारी वा फलफूलमा जम्मा हुन्छन् ।

तरकारी तथा फलफूल लामो समयसम्म ताजा देखियोस भनेर पनि विभिन्न प्रकारका विषादि प्रयोग गरिन्छ त्यसैले तरकारी वा फलफूल पकाउन वा काँचै खानुअघि राम्रोसँग पखालेर खानुपर्छ ।

चिकित्सकहरुका अनुसार पदार्थ तरकारीबाट विषादि पूर्णतया हटाउने कुनै उपाय छैन तर, तरकारी पकाउने बेलामा अलि विशेष तरीकाले सफा गरेर विषादीको मात्रा कम भने गर्न सकिन्छ ।

खाद्यपदार्थमा अत्यधिक विषादिको प्रयोगले हाम्रो स्वास्थ्यमा गम्भिर असर गरीरहेको हुन्छ । यस्ता विषादियुक्त तरकारी वा फलफूलको सेवनले साना बच्चा, गर्भवती महिला, बिरामीहरुलाई धेरै असर गर्छ ।

थोरै थोरै मात्रामा विषादिजन्य खानेकुरा खाँदा हामीलाई एकैचोटी असर नगरेपनि ती विषादि हाम्रो शरीरमा जम्मा हुँदै जान्छ र त्यसले पछि समस्या निम्त्याउन सक्छ । त्यसैले सकेसम्म अर्गानिक तरकारी वा फलफूल खानुपर्छ ।

तरकारी पकाउँदा पनि विशेष ध्यान दिनुपर्छ । सफा पानीमा राम्रोसँग पखाल्नाले तरकारीको बाहिरी सतहमा भएका विषादि, किटाणु र धुलो मैलो हटाउन सकिन्छ । कुनै बाल्टिमा राखेर चोबल्नुभन्दा सफा पानीको धारामा तरकारी पखाल्नु राम्रो हुन्छ ।

तरकारीहरु उत्पादन भएर हाम्रो भान्छामा नपुगुन्जेल त्यसमा फोहोर, किटाणु र विषादिहरु मिसिएका हुन्छन् । त्यसैले हामीले पकाउने बेलामा राम्रोसँग केलाएर, धोइपखाली गरेर पकाउनुपर्छ ।

बजारीया तरकारी वा फलफूल खानुभन्दा अगाडि त्यसलाई राम्रोसँग पखाल्ने तरीका सिक्नुपर्छ ।

आउनुहोस्, तरकारी वा फलफूलमा भएका विषादि क मगर्न कुन तरकारी कसरी पखाल्ने भनेर थाहा पाइराखौं

१. कुनै तरकारी वा फलफूलको बोक्रा खाँइदैन भनेपनि त्यसलाई राम्रोसँग पखाल्नुहोस् त्यसपछि मात्रै ताछेर खानुहोस् ।

२. बजारबाट ताजा फलफूल वा तरकारी ल्याएपछि त्यसलाई केलाउन धोइपखाली गर्नुअघि आफ्नो हात पनि साबुन पानीले राम्रोसँग धुनुहोस् किनभने तपाईंको हातमा पनि धेरै किटाणुहरु हुन सक्छन् ।

३. तरकारी पखाल्दा सफा पानीको धारामा पखाल्नुहोस् । यसो गर्दा बाल्टी वा कुनै गहिरो भाँडामा पानी राखेर चोबल्दै पखालेको भन्दा राम्रोसँग विषादि जान्छ ।

४. फलफूल र तरकारीहरु पखाल्न साबुन, डिटर्जेन्ट र अन्य खालका चीजहरुको प्रयोग गर्नुहुन्न । सफा पानीले मात्रै पखाल्ने गर्नुहोस् ।

५. आलु, लौका, जस्ता तरकारी पखाल्दा सफा ब्रसले कोतर्नुहोस् । त्यस्तै स्याउ, तरबुजा जस्ता फलफूललाई पनि ब्रसले कोतर्नुहोस् यसले विषादि कम गर्न मद्दत गर्छ ।

६. त्यस्तै नरम खालका तरकारी र फलफूललाई अलि मज्जाले मिचेर पखाल्नुहोस् ।

७. बन्दा, काउली, सागको बाहिरी पत्र नपकाउनुहोस् ।

८. बोक्रा ताछ्न मिल्ने तरकारीहरु सँधै ताछेर मात्रै पकाउने गर्नुहोस् । जस्तै आलू, मुला, लौका, घिरौंला आदी । फलफूलहरु पनि बोक्रा ताछेर खाने गर्नुहोस् ।

९. तरकारीलाई मनतातो पानीमा डुबाएर पखाल्ने वा उमालेर पनि पनि विषादि कम गर्न सकिन्छ तर, उमाल्दा पोषक तत्वहरु कम हुन सक्छ ।

(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here