मानव विकास सूचकांकमा नेपाल १४३ औं स्थानमा, असमानतामा वृद्धि

काठमाडौं, २७ भदौं । मानव विकास सूचकांकमा नेपाल १४३ औं स्थानमा परेको छ ।

संयूक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडीपी) ले सोमबार सार्वजनिक गरेको ‘मानव विकास प्रतिवेदन २०२१/२२’ अनुसार नेपालको मानव विकास सूचकांक ०.६०२ अंक छ ।

प्रतिवेदनअनुसार नेपालको प्रतिव्यक्ति औसत आयु ६८.४ वर्ष रहेको छ ।

लैङ्गिक असमानताको सूचकांकहरुमा भने केही तल झरेको छ । नेपाल मानव विकास सूचकाकंमा सन् २०२० मा १४४ औं स्थानमा थियो ।

कोभिड–१९ र युक्रेनमा भइरहेको युद्ध जस्तासंकटहरूबाट प्रगति अवरुद्ध हुँदा विश्वका हरेक १० मध्ये ९ देश मानव विकासमा पछि पर्न गएको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)ले सार्वजनिक गरेको नयाँ मानव विकास प्रतिवेदन २०२१–२०२२ ‘अनिश्चित समय, अस्थिर जीवन’ परिवर्तित विश्वमा हाम्रो भविष्य’ लेऔंल्याएको छ ।

उक्त प्रतिवेदनले नेपाल सन् २०२१ मा ०.६०२ कोमानव विकास सूचकांक मानका साथ १४३ औं स्थानमा रहेको देखाउँछ, र यो मान सन् २०२०को मान (०.६०४) भन्दा कम हो ।

लैङ्गिक दृष्टिकोणबाट हेर्दा नेपाल विश्वव्यापी लैङ्गिक असमानता सूचकांकमा सन् २०१९ को ११०औं स्थान तल झरेर ११३औं स्थानमा पुगेको देखिन्छ ।

दुई बर्षको अन्तरालपछि सार्वजनिक गरिएको सन् २०२२ को प्रतिवेदनले नेपाललाई मध्यम मानव विकास समूहमा वर्गीकरण गरेको छ ।

मानव विकास सूचकांक (एचडीआई) मानव विकासको तीन वटा आधारभूत आयामहरु (दीर्घ र स्वस्थ जीवन, ज्ञानमा पहुँच र राम्रो जीवनस्तर)मा भएको दीर्घकालीन प्रगतिको समीक्षा गर्ने मापन विधिको सार हो ।

सन् १९९० र २०२१ बीच नेपालको मानव विकास सूचकांकको मान ०.३९९ बाट ०.६०२ मा परिवर्तन भएको छ, जुन परिवर्तन ५०.९ प्रतिशत हो । सन् १९९० र २०२१ बीच नेपालको जन्ममा सरदर आयु १३.६ प्रतशतले, विद्यालय जाने औसत बर्ष २.८ बर्षले र विद्यालय जाने अपेक्षित बर्ष २.८ बर्षले परिवर्तन भएको छ ।

सन् १९९० र २०२१ बीच नेपालको प्रति व्यक्ति कुल राष्ट्रिय आय करिव १४० प्रतिशतले परिवर्तन भयो ।

विश्लेषणले व्याप्त असमानताहरुका कारण नेपालले मानव विकासमा उल्लेखनीय क्षति व्यहोरिरहेको देखाउँछ । लैङ्गिक, जातिगत, भौगोलिक र अन्य क्षेत्रमा विद्यमान असमानताका कारण नेपाललाई मानव विकासमा २५ % भन्दा बढी क्षति पुग्न गएको छ ।

सन् २०२१ मा पुरुषहरुको ०.६२१ को तुलनामा महिलाहरुको मानव विकास सूचकांक ०.५८४ रहेको छ, जसका कारण लैङ्गिक विकास सूचकांकको मान ०.९४२ हुनपुग्दा देश समूह ३ मा परेको छ, जसमा महिला र पुरुषबीच मानव विकास सूचकांक प्राप्तिमा मध्यम समानता भएका देशहरु समावेश छन् ।

सन् १९९० र २०२० बीचको अभिलेखले मातृ मृत्युदर, महिला सांसद्को प्रतिशत र श्रमशक्तिमा महिलाहरुको सहभागितालगायतका क्षेत्रहरुमा नेपालको प्रगति तुलनात्मक रुपमा न्यून रहेको देखाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here