बिनोद चौधरी कोरोना पोजेटिभ देखिए

काठमाडौं, १२ भदौ । अर्बपति व्यवसायी बिनोद चौधरीमा कोरोना संक्रमण भएको छ ।

आफू कोरोनाभाइरसको संक्रमणमा परेको चौधरीले शुक्रबार दिउँसो एक ट्विट गरी जानकारी दिएका छन् ।

उनले आफू एकान्तबासमा गइसकेको बताउँदै आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।

चौधरी ग्रूपका अध्यक्ष तथा संसद चौधरी फोब्र्सको अर्बपति सूचीमा परेका एक मात्र नेपाली हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here