देशको राजधानी समेत रहेको काठमाडौं महानगरपालिका कोरोना भाइरस संक्रमणको उच्च चपेटामा छ । सरकारी तथ्यांकहरुलाई नै आधार मान्ने हो भने देशभर देखिएका कोरोना संक्रमितको संख्यामा आधा भन्दा धेरै त काठमाडौं महानगरपालिकामा नै छन् ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौंमा बसेका नागरिकहरुलाई गाउँ नफर्किन आग्रह गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा जारी शुभकामना सन्देशमा उनले नगरवासीहरु लकडाउनको समयमा काठमाडौँबाट गाउँघर फर्किन थालेको प्रति चिन्ता व्यक्त गर्दै उनीहरुलाई यहीं रहन र कुनै समस्या परे महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।
विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको कामपा शिक्षा विभागले जनाएको छ । हाल कमपामा ९१ सार्वजनिक र ६४३ संस्थागत विद्यालय सञ्चालनमा छन् ।