Tag: #genzrevolution

प्रधानसेनापति अशोकराज सिग्देलले गरे आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका छन् । मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आग्रह गरेका हुन् । उनले भने, ‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो। त्यसैले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गर्दछु।’

आगजनीमा परी झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार घाइते

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार प्रदर्शनकारीहरूको आगजनीमा परी घाइते भएकी छन् ।

बालकोटमा गोली चल्याे, दुई जना घाइते

भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जनाप्रदर्शनकारी घाइते भएका छन्। घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।