सरकारले लकडाउन गरेयता बैशाख १३ गतेसम्म एक अर्ब १३ करोड ३७ लाख रुपैयाँ मूल्य बराबरको तयारी औषधि आयात गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । औषधिका लागि चाहिने कच्चापदार्थ करिब २६ करोड रुपैयाँ मूल्य बराबरको आयात भएको उल्लेख गरिएको छ ।
नेपालमा भारतका साथै स्वीजरल्याण्ड, बेलायत, बेल्जियमबाट पनि अर्बो रकमको औषधि आयात हुने गरेको छ । यी चार देश बाहेक चीन, बङ्गलादेश, नेदरल्याण्ड, अमेरिका, जर्मनीबाट पनि वार्षिक करोडौं रकमको आयात हुने गरेको छ ।