नेपालमा वार्षिक ३० अर्बको औषधि आयात

जितेन्द्र खनाल

काठमाडौं, ३० फागुन । नेपालमा वार्षिक ३० अर्बभन्दा धेरैको औषधि आयात हुने गरेको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार सन् २०१९ मा ३० अर्ब १२ करोड रुपैयाँ भन्दा धेरैको औषधि आयात भएको छ ।

प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार नेपालमा औषधि आयातको मात्रा वार्षिक बढ्दो क्रममा छ । नेपालमा सन् २०१७ मा २४ अर्ब १८ करोडभन्दा धेरैको औषधि आयात भएको थियो ।

त्यस्तै, सन् २०१८ मा २७ अर्ब २८ करोड रुपैयाँ बराबरको औषधि आयात भएको थियो । औषधि आयातको मात्रा बढ्दो क्रममा छ ।

आयात हुने औषधिहरुमा करिब १५ हजार भन्दा बढी ब्राण्डका सिटामोल देखि लाइफ सेभिङ ड्रगसम्म छन् ।

भारतबाट मात्रै वार्षिक साढे २३ अर्बको औषधि आयात

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार भारतबाट मात्रै सन् २०१९ मा २३ अर्ब ४३ करोड रुपैयाँको औषधि आयात भएको छ ।

नेपालमा भारतका साथै स्वीजरल्याण्ड, बेलायत, बेल्जियम जस्ता देशबाट पनि अर्बो रकमको औषधि आयात हुने गरेको छ ।

यी चार देश बाहेक चीन, बङ्गलादेश, नेदरल्याण्ड, अमेरिका, जर्मनीबाट पनि वार्षिक करोडौं रकमको औषधि आयात हुने गरेको छ ।

केन्द्रको तथ्यांक अनुसार सन् २०१९ मा स्वीजरल्यान्डबाट १ अर्ब ६९ करोड, बेलायतबाट १ अर्ब ११ करोड, बेल्जियमबाट १ अर्ब १० करोड, चीनबाट ३८ करोडको, बंगलादेशबाट ३४ करोड, नेदरल्याण्डबाट ३० करोड, अमेरिकाबाट २६ करोड, जर्मनीबाट २३ करोड र अन्य विभिन्न देशबाट १ अर्ब २८ करोड रुपैयाँ बराबरको औषधि आयात भएको छ ।

देशभर २१ हजारभन्दा धेरै फार्मेसीबाट औषधि बिक्री

नेपाल औषधि विभागको तथ्यांक अनुसार देशभर २१ हजार फार्मेसी विभागमा दर्ता भएका छन् । देशभर दर्ता भएका २१ हजार फार्मेसीका साथै अन्य दर्ता नभएका हजारौं फार्मेसीबाट औषधि बिक्री हुने गरेको अनुमान गन्छि ।

विभागका अनुसार नेपालमा ९० भन्दा धेरै मानव औषधी उत्पादन गर्ने कम्पनीहरु दर्ता भएका छन् । जसमा ७० भन्दा धेरै हाल सञ्चालनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here