Tag: पुनर्बीमा

शेयर बजारमा नयाँ रेकर्ड, पुनर्बीमा एक्लैको १ अर्ब ११ करोडको कारोबार

शेयर बजारमा बिहिवार पुनर्बीमा कम्पनीले नयाँ रेकर्ड कायम भएको छ । आज पुनर्बीमा कम्पनीले कुल १ अर्ब ११ करोड रुपैयाँको कारोबार गर्यो । यसभन्दा अघि एउटा कम्पनीले सबैभन्दा धेरै ८८ करोड सम्मको शेयर कारोबार गरेको थियो । बिहिवार पुनर्बीमाको शेयर मूल्य भने घट्यो । आज पुनर्बीमाको शेयर मूल्य २३ रुपैयाँले घट्दै प्रतिकित्ता १७३५ रुपैयाँ कायम भएको छ ।