न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुले टंगालमा प्रदर्शन थालेका छन् । उनीहरु प्रधानमन्त्री निवास बालुवाटारतर्फ लम्किएका थिए । पीडितहरुलाई प्रहरीले निषेधित क्षेत्रतर्फ जान दिएको छैन । उनीहरु टंगालको सडकमा प्रदर्शन गरिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ बाट निर्वाचित प्रतिनिधि सभा सांसद रवि लामिछानेले सांसद भएदेखि नै चितवनमा खटिएका छन् । उनले सोमबार साँझ अहिलेसम्मका कामको विवरण समेत सार्वजनिक गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो चुनावी खर्च र प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । उनले ११ लाख १८ हजार ४७२ रुपैयाँ खर्च भएको बताएका छन् । यसमा कार्यालय सामग्रीको खर्च भने नजोडिएको उनको भनाई छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन निर्वाचन–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । उजुरीमा उनको उम्मेदवारी खारेजीको माग गरिएको छ ।