सेवामूलक ३५ वटा योजनाको लागि पाँच महिनामा १५ अर्ब ९५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । धेरै लगानी प्रतिवद्धता आएको दोस्रो परियोजनामा पर्यटन क्षेत्र रहेको छ । यस समयमा पर्यटनसँग सम्बन्धित ५५ परियोजनामा ९ अर्ब ५५ करोडको लगानी प्रतिवद्धता आएको छ ।
उद्योग विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा विभिन्न १२३ उद्योगमा कुल २३ अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।