काठमाडौं, २४ मंसिर । मानव विकास सूचाङ्कमामा नेपालले सुधार गरेको छ ।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर यूएनडीपीले मंगलबार काठमाडौंमा सार्वजनिक गरेको मानव विकास सम्बन्धी प्रतिवेदनमा नेपाल दुई स्थान उक्लिएको छ ।
सूचाङ्कमामा नेपाल १ सय ४७ औं स्थानमा रहेको प्रतिवेदनले देखाएको छ । एसिया प्रशान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार भएपनि नेपाल जस्तो मुलुक मध्यम मानव विकास सूचकांकको श्रेणीमा परेको उल्लेख छ ।
गत वर्ष १८९ मुलुकहरूमध्ये सन् २०१८ मा १ सय ४९ स्थानमा यस वर्ष १४७ औं स्थानमा उक्लिएको छ। नेपालसँगै केन्या १४७ औं स्थानमा छ।
१८९ मुलुक मध्ये मानव विकास सूचाङ्कमाको पहिलो नम्बरमा भने नर्वे रहेको छ। त्यसैगरी दोस्रोमा स्वीट्जरल्याण्ड, तेस्रोमा आयरल्याण्ड छन्।
छिमेकी मुलुक भारत १२९ स्थानमा रहेको छ भने चीन ८५ औं स्थानमा रहेका छन् ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपीं) को मानव विकास सूचाङ्कमामा नेपालको ०.५७९ अंक रहेको छ । गत वर्ष ०.५७४ अंक रहेको थियो।
१९९० देखि २०१८ सम्मका अवधिमा यो मामिलामा नेपालले औसतमा ०.५२ प्रतिशतले सुधार गरेको देखिएको छ । युएनडिपीले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार दक्षिण एशियाका अन्य मुलुकहरुमा श्रीलंका सबैभन्दा माथि रहेको छ।
७१ औं स्थानमा रहेको मानव विकास सुचकांकमा ०.७८० अंक रहेको छ । १०४ स्थानमा रहेको माल्दिभसको ०.७१९ अंक रहेको छ। १३४ स्थानमा रहेको भुटानको ०.६१७ अंक रहेको छ भने नेपाल भन्दा माथि रहेको बंगलादेश १३५ औं स्थानमा रहेको छ। जसको मानव विकास सुचकांकमा ०.६१४ अंक रहेको छ।
मानव विकास सूचाङ्कमामा नेपाल भन्दा पछि रहेको पाकिस्तान १५२ औं स्थानमा रहेको छ भने अफगानिस्तान १७० औं स्थानमा रहेको छ। पाकिस्तानको ०.५६० अंक रहेको छ भने दक्षिण एसियाको पुच्छरमा रहेको अफगानिस्तानको ०.४९६ अंक रहेको छ।
सूचकांकको १८९ औं स्थानमा नाइजेरिया रहेको छ। यूएनडीपीले लैंगिक समानता, बहुआयामिक गरिबी आदिका आधारमा मानव विकास सूचकांक निर्धारण गर्ने गरेको छ। प्रतिवेदनमा कूल १८९ देशलाई समावेश गरिएको छ । मानव विकास सुचकाङ्कमा नेपालले सन २०१८ का लागि ०.५७९ अंक प्राप्त गरेको छ ।
सन १९९० देखि २०१८ सम्ममा नेपालको मानव विकास सूचकाङ्क मूल्य ०.३८० देखि ०.५७९ सम्म बढेको छ । यो अवधिमा नेपालमा जन्मदरको औसत आयु १६.१, विद्यालय शिक्षाको मध्यम वर्ष २.८ वर्षले र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ वर्षले वृद्धि भएको छ ।
विश्वमा मानव विकास सूचकाङ्कमा नर्वे ०.९५४ अंक सहित सबैभन्दा अगाडी छ । स्वीजरल्याण्ड ०.९४६ अंक सहित दोस्रो स्थानमा रहेको छ । सबैभन्दा अन्तिम १ सय ८९ स्थानमा ०.३७७ अंकसहित पश्चिमी अफ्रिकी मुलुक नाइजर रहेको छ ।
मानव विकास सूचाङ्क भनेको के हो ?
मानव विकास सूचाङ्क मानवको जीवन अपेक्षा, शिक्षा र आय सूचकांकलाई प्रयोग गरेर कुनै पनि देशको मानव विकास को समग्र तथ्यांकले निकाल्ने गरिन्छ ।
मानव विकास सूचाङ्कलाई सन् १९९० मा पाकिस्तानी अर्थशास्त्री महबुब उल हक र भारतीय अर्थशास्त्री अमर्त्यसेन द्वारा सिर्जना गरिएको थियो र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रममा प्रकाशित भएको थियो।
मानवको जीवनस्तरमा गुणात्मक परिवर्तन आउनु नै मानव विकास हो । अतः मानव जीवनमा परिवर्तन ल्याउने उक्त पक्षहरुलाई मानव विकास सूचकांक भनिन्छ । मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने निम्न पक्षहरुको अध्ययन नै मानव विकास सूचनाकांक अन्तर्गत निम्न पक्षहरु पर्दछन्
शिक्षाः शिक्षाले मानिसमा चेतना वृद्धि गर्दछ । जस्तै: ज्ञान, सीप, कार्यानुभव आदिको बढोत्तरी गराउँछ । रोजगारी, स्वास्थ्य, विकास, व्यक्तिगत, सामुदायिक तथा राष्ट्रिय चेतना लगायतका पक्षहरुमा शिक्षित र अशिक्षित मानिसमा आकाश जमिनको फरक पाइन्छ ।
शिक्षित मानिसमा राजनीतिक, सामाजिक लगायत चेतना हुन्छ र समाज तथा राज्यको भावी परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । मानिसको जीवनस्तरमा शिक्षाले अर्थपूर्ण भूमिका खेल्दछ ।
स्वास्थः स्वास्थ्यले मानिसलाई दीर्घजीवी बनाउँछ । स्वास्थ्य नै धन हो तथा स्वस्थ शरीर स्वस्थ मस्तिष्कको उपज हो पनि भनिन्छ । जीउ रहे घिउ पिउँन पाइन्छ भन्ने उक्तिले शरीर स्वस्थ रहे अन्य जुनसुकै बाधा व्यवधान सम्हाल्न र जीवनमा उन्नति प्रगति गर्न बाटो खुल्ला हुन्छ भन्ने कुरातर्फ इङ्गित गर्दछ ।
रोजगारीः रोजगारीले आयआर्जन बढाई जीवनका अन्य पक्षहरुमा सहयोग गर्दछ । यसले मानिसलाई आत्मनिर्भर बढाउँछ । रोजगार मानिसले आफ्ना, परिवारको दैनिक चाहना पूरा गराउँन सक्दछ । बेरोजगारी व्यक्ति, परिवार र राज्यकै लागि ठूलो समस्या हो ।
पूर्वाधार विकासः सिचाईँ, सञ्चार, विद्युत्, सडक लगायतको विकासले मानव जीवनस्तरमा गुणात्मक वृद्धि गर्दछ । पूर्वाधारको राम्रो विकास भएको ठाउँमा मानिसहरुको जीवनस्तर उच्च रहने र कम भएको ठाउँमा जीवनस्तर कमजोर रहने गर्दछ ।