Tag: प्रमोद नेपाल

पर्यटन मन्त्रालयका उपसचिव नेपाल साढे २२ लाख घुससहित रंगेहात पक्राउ

शुरुमा ६ लाख घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको गाडीबाट थप १६ लाख ५० हजार रकम बरामद भएको छ। उनले चढेको बा १ झ ९९४६ सरकारी नम्बरको कारबाट स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।