चालु आर्थिक वर्ष पहिलो चार महिनामा विदेशी मुद्रा सञ्चिति ३० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिकसम्म विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको हो । असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थियो ।
राष्ट्र बैंकले आज आइतबार पनि वित्तीय प्रणालीबाट ७० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ७ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।