आज पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा घुमघाम पश्चात काठमाडौं फर्कदै छन् । यसैअवसर पारेर राजावादीहरुले धूमधाम स्वागत गर्ने तयारी गरेका छन् । राप्रपा, राप्रपा नेपालसहितका राजनीतिक दल र संघसंस्थाहरुले काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित प्रदर्शनको तयारी गरेका छन् ।
राजावादीहरुले सडकका दुवै किनारमा उपस्थित भएर उनको स्वागत गर्ने छन् । शाह विमानस्थलबाट महाराजगञ्जस्थित निर्मल निवास जाने हुँदा राजावादीहरु पनि उनलाई पुर्याउन र्यालीसहित निर्मल निवाससम्म पुग्ने छन् ।