Tag: #haija

तराईमा फैलिँदै हैजा, कसरी बच्ने ?

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । हैजाका जीवाणु सङ्क्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ । सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ ।

देशभर २२ जनामा हैजा पुष्टी, कसरी जोगिने ?

हैजाबाट जोगिनका लागि पानीको मुहानलाई प्रदूषित हुनबाट जोगाउनु पर्छ । यसका साथै झिंगा लागेका, सडेगलेका, नपाकेका र खुलास्थानमा राखिएका खाद्यपदार्थ खानु हुँदैन । पानीलाई सकेसम्म उमालेर वा क्लोरिनका साहयताले निर्मलिकरण गरेर मात्रै प्रयोग गर्नुपर्छ । यस्तै, शौचालयको प्रयोग गरेपछि तथा खानाखानु अघि अनिवार्य रूपमा साबुन पानीले मिचिमिची हात धुने बानी गर्नुपर्छ ।