इजरायलले आज ६०२ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने भएको समाचार छ । जसमा आजीवन कारावासको सजाय पाएका ५० जना र लामो जेल सजाय भोगिरहेका अन्य ६० जना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले यो एक वर्षमा धेरै गैरसैनिकले दुःख पाएको बताएका छन्। इजरेल एक्लो नभएको पनि उनले बताए। फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले पीडितहरू सदा सम्झनामा रहने बताए भने ब्रिटेनका प्रधानमन्त्री किअर स्टार्मरले अक्टोबर ७ लाई होलोकस्ट यता यहुदीहरूमाथि आइपरेको सबैभन्दा अँध्यारो दिन भनेका छन्। जर्मन चान्सलर ओलाफ सोल्जले उनको देशले इजरेलको पीडा बुझेको बताए।