Tag: nepal vs west indies

विश्वकप खेल्न जानुअघि नेपालले आज अन्तिम खेल नेपालमा खेल्दै

नेपालले अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपअघि घरेलु मैदान टीयुमा आज वेष्टइण्डिजसँग अन्तिम खेल खेल्दैछ । पाँच खेलको सिरिजअन्तर्गत अन्तिम खेल दिउँसो १२ः१५ मा सुरु हुनेछ । सुरुआती चार खेलमा वेष्टइण्डिजले सिरिज ३–१ ले जितिसकेको छ ।

नेपाल र वेस्ट इण्डिजबीच ऐतिहासिक सिरिज आजबाट

नेपाल र वेस्ट इण्डिज ‘ए’बीचको टी–२० सिरिज आजदेखि सुरू हुँदैछ। पाँच खेलको टी–२० सिरिजको पहिलो खेल आज दिउँसो १ बजे त्रिवि मैदान कीर्तिपुरमा हुनेछ। सिरिजको बाँकी खेल भोलि, वैशाख १९, वैशाख २० र वैशाख २२ हुनेछन्। नेपालले वेस्ट इन्डिजविरुद्धको सिरिजलाई टी–२० विश्वकप तयारीको रुपमा लिएको छ। नेपाली टिम वेस्ट इन्डिजविरुद्ध खेलेपछि विश्वकपका लागि वेस्ट इन्डिज नै जानेछ।