१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुवेशी बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका–१ घर भएका २३ वर्षीय नविन रावल पक्राउ परेका हुन ।
तनहुँमा प्रहरी जवानलाई कुटपिट गरेको आरोपमा ४ जना युवा पक्राउ परेका छन् । उनीहरुमाथि तनहुँ व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटको अस्थायी प्रहरी बिटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिटको आरोप छ ।