Tag: #price #rate #nrb

विदेशी मुद्रा सञ्चिति पौने २३ खर्ब पुग्यो

मंसिरमा पनि विदेशी मुद्रा सञ्चितिले फेरी नयाँ रेकर्ड बनाएको छ । गत असारको तुलनामा करिब साढे ११ प्रतिशतले बढेको विदेशी मुद्रा सञ्चिति २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । पछिल्ला हरेक महिना विदेशी मुद्रा सञ्चितिले नयाँ रेकर्ड बनाउँदै आएको हो ।

बजार मूल्यवृद्धि औसत ३.८५ प्रतिशत

२०८१ भदौमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) ३.८५ प्रतिशत रहेको छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ८.१९ प्रतिशत रहेको थियो ।