मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालको नजिक सरेकाेले यसकाे प्रभावले कोशीदेखि लुम्बिनी प्रदेशसम्मका जिल्लाहरुमा पानी पर्ने पूर्वानुमान छ । आज सुक्खा खडेरीको मारमा परेको मधेश प्रदेशमा समेत हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस वर्षको मनसुन आजबाट देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । यही जेठ १५ गते कोशी प्रदेशबाट भित्रिएको मनसुन २३ औं दिनमा सुदूरपश्चिमसम्मै फैलिएको हो ।
पश्चिमी वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण हाल देशभर मौसम बदली भएको छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
नेपालमा आज पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ । त्यसैगरी बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव पनि जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।
जल तथा मौसम विज्ञान विभागले मंगलबारसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएकाे छ। आइतबारदेखि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव बढेकोेले देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म जारी रहने भएको हो ।