सन्तोषीले २१ किलोमिटर १ घण्टा २६ मिनेट ५७ सकेण्ड र ५ किलोमिटर १७ मिनेट ४७ सेकेण्डमा पार गरिन् । पुरुषतर्फ सन्तोषले २१ र ५ किलोमिटर दौड क्रमशः १ घण्टा १४ मिनेट २६ सेकेण्ड र १५ मिनेट २८ सेकेण्डमा दूरी पार गरे ।
जर्मनीमा भएको दौड प्रतियोगितामा धाविका सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी छन् । जर्मनीको प्यादरबर्न इस्टर रनको ७५ औं संस्करणमा उनले रेकर्ड बनाएकी हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ५ हजार मिटर दौडमा नेपाल पुलिस क्लबकी राममाया बुढालाई उछिन्दै सन्तोषीले स्वर्ण जितिन् । सन्तोषीले निर्धारित दूरी १७ मिनेट ०७.९ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरिन् ।
यस वर्षको ‘संस्कृति स्पोर्टस सम्मान’ सन्तोषी श्रेष्ठलाई प्रदान गरिएको छ । उनले २०२२ मा खेल जगतमा उत्कृष्ट प्रदर्शन गर्दै लामो दुरीको दौडतर्फ नेपाललाई अन्तर्राष्ट्रिय स्वर्ण पदक दिलाउन सफल भएकी थिइन् ।