जलविद्युतमा साना लगानी र पर्यटक आर्कषित गर्न नवनियुक्त राजदूत शर्मालाई चेम्बरको...

नेपाल चेम्बर अफ कमर्सले पर्यटन आर्कषण र लगानी मार्फत भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न नवनियुक्त राजदूत शंकर शर्मालाई सुझाव दिएको छ।

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवप्रसाद मानन्धर

संघको वरिष्ठ उपाध्यक्षमा रोशनीमैयाँं धौबन्जा निर्वाचित भएकी छिन् । प्रतिस्पर्धी महेश धौबन्जालाई पराजित गरी रोशनीमैयाँं वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन सफल भएकी हुन् ।

६ महिनामा १ खर्ब ८६ अर्ब लगानीको उद्योग दर्ता, १३ हजारलाई...

विभागमा दर्ता भएका १५४ उद्योगमध्ये ५४ वटा ठूला, ५७ वटा मझौला र ५२ वटा साना उद्योग रहेका छन्। ती उद्योगले १३ हजार ७ सय ४८ जनालाई रोजगारी दिने प्रस्ताव गरेको उद्योग विभागले जनाएको छ।

नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठक आजबाट, के छन् एजेण्डा ?

नेपाल–भारत वाणिज्य सचिव स्तरीय व्यापार तथा पारवहन अन्तरसरकारी समिति (आईजीसी) बैठक आजबाट काठमाडौंमा चल्दैछ । बैठकमा दुई देशबीचको वाणिज्य सन्धि परिमार्जनका विषयमा छलफल हुने बताइएको छ ।

आईएमई ग्रुपको लगानीमा बागलुङमा खुल्यो स्तरीय होटेल

करिब ३० करोड रुपैयाँको लगानीमा निर्मित यस होटलले बागलुङमा स्तरीय आवासका लागि नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको जनाइएको छ । लगभग चार रोपनी जग्गामा फैलिएको इला कम्फोर्ट बागलुङमा २७ अतिथि कक्ष, दुई सुन्दर सुइट र एक विशेष पेन्ट हाउससहित ३० कोठा छन् ।

एफएनसीसीआई नवनिर्वाचित प्रतिनिधिमण्डल र गभर्नरबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बुधबार भेटवार्ता गरेको छ ।

महासंघको प्रतिनिधिमण्डलसँग अर्थमन्त्रीले भने-‘अर्थतन्त्र सुधार्न निजी क्षेत्रको मनोबल बढाउँछौं’

अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र सुधार्न निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताएका छन् । बुधबार मात्रै अर्थमन्त्रालयको बागडोर सम्हालेका पुनलाई बिहीबार भेट्न पुगेको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग उनले निजी क्षेत्रलाइ विश्वासमा लिएर अगाडि बढ्ने प्रतबद्धता जनाएका हुन् ।

‘नेपाली उत्पादनलाई प्राथमिकता नदिएसम्म कुनैपनि क्षेत्रको विकास सम्भव छैन्’

उनले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीति अनुसार नै नेपालमा उत्पादित टेक्नोलोजीलाई प्रमुख प्राथमिकता दिन आवश्यक रहेको उल्लेख गरे।

महासंघको एसोसिएटतर्फ ज्योत्स्ना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी

श्रेष्ठले ८४६ मत पाउँदा आचार्यले ७८१ मत मात्र पाए । श्रेष्ठ रामचन्द्र संघई समूहकी हुन भने आचार्य अन्जन श्रेष्ठ तथा उमेशलाल श्रेष्ठका साझा उम्मेदवार हुन् ।

यातायात व्यवसायी र सरकारबीच सहमति, अग्रिम बुकिङ खुलाउने तयारी

चाडपर्व लक्षित गरी सडक मर्मत र अग्रिम टिकट बुकिङबारे सरोकारवालबीच छलफल भएको छ । सरकार र यातायात व्यवसायीबीच आज भएको छलफलमा घटस्थापना अगाडि नै बिग्रिएका सडक मर्मत गरिसक्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ । घटस्थापना १७ गते परेको छ ।