महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक, सहमतिको सम्भावना न्यून
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसके दोस्रो चरणको निर्वाचन चैत ३० गते बिहान ११ बजेदेखि ५ बजेसम्म हुनेछ ।
महासंघको एसोसिएटमा मिश्रित नतिजा, कसले कति मत ल्याए ? (सूचीसहित)
अन्तिम मतपरिणामअनुसार एसोसिएटतर्फ सबैभन्दा धेरै मत ल्याउने १९ जना सदस्य पदमा विजयी भएका हुन्। सबैभन्दा बढी भोट रामशरण थपलियाले पाएका छन् । उनी १ हजार ४४० मत ल्याएर विजयी भएका छन् ।
अब चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनीमूलक चित्र र सन्देश...
अबदेखि चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१’ पारित गरेको छ ।
उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकाललाई सुकीर्तिमय राष्ट्रदीप विभूषण
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुकीर्तिमय राष्ट्रदीप विभूषण प्राप्त गरेका छन् ।
महानगर र उपमहानगरभित्र घरजग्गा कम्पनीमार्फत कारोबार गर्दा अनुमति अनिवार्य
सरकारले रु तीन करोड मूल्यभन्दा माथिको घरजग्गा कारोबार कम्पनीमार्फत गर्दा अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।
चार महिनामा झण्डै १३ अर्बको बिजुली भारत निर्यात
चालू आर्थिक वर्ष २०८१–८२ को पहिलो चार महिना (साउन–कात्तिक) मा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको छ ।
अदानी ग्रुपको १ अर्ब डलरको परियोजना श्रीलंकाबाट फिर्ता, यस्तो छ कारण
भारतीय अदानी समूह अन्तर्गतको ग्रिन इनर्जी श्रीलंकामा १ अर्ब डलर बराबरको योजनाबाट पछि हटेको छ । यस परियोजना अन्तर्गत हावाबाट बिजुली निकाल्ने योजना थियो ।
बक्यौता नतिर्ने ३४ उद्योगको बैंक खाता रोक्का गर्न प्राधिकरणको पत्र
नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।
हेटौडा प्रसारणलाइन निर्माणको अन्तिम चरणमा, कुलमान फिल्डमै खटिए
देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ ।
‘प्रधानमन्त्रीकाे चीन भ्रमणले नेपालमा लगानीका राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न...
भ्रमण दलका सदस्य समेत रहेका अध्यक्ष ढकालले भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावित क्षेत्र, विद्यमान कानून, निजी क्षेत्रले लिने पहल लगायतका बारेमा चिनियाँ व्यवसायीहरुलाई जानकारी गराउने राम्रो अवसर मिलेको बताए ।

































