आर्थिक बर्ष २०८०/८१ मा नेपालमा २१अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको बिजुली गाडी भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । सो अवको १० महिना भित्रिएको इभीबाट सरकारले ९ अर्ब ३६ करोड भन्दा बढी राजस्व प्राप्त गरेको छ ।
काठमाडौंको सडकमा साझा यातायातका विजुली बस चल्ने भएका छन् । कम्पनीले तीनवटा विद्युतीय बस काठमाडौँ ल्याएको हो । पहिलो चरणमा ल्याइएका ती बसको परीक्षण सफल भएपछि थप ३७ वटा बस ल्याउने साझा यातायातका तयारी छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् ।
सिजी मोटर्सले जीएसी एवोन वाई मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ । चिनियाँ ब्राण्ड ग्वान्झाओ अटोमोवाइल कर्पोरेशनको सहायक ब्राण्ड एवोनको पहिलो मोडलको रुपमा सिजी ग्रुपले नेपालमा यसको विक्री सुरु गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा (एमाले) ले आज काठमाडौंको सडकमा प्रदर्शन गर्दैछ । दरबारमार्गमा प्रदर्शनपछि सभा राखिएको छ । सोहीकारण बिहानैबाट सवारी डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
अल–न्यु नभारामा नयाँ फ्रन्ट (बम्पर, ग्रिल, हेडल्याम्प, हुड) इन्टेरियर मेटरियल र डेकोरेसन प्रयोग गरिएको छ भने बेड हाइट बढाइएको र नयाँ स्टेयरिङ ह्विलको प्रयोग गरिएको छ ।
काभ्रेको तेमाल गाउँपालिका(३ स्थित कुँडालमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
यसको चार्जिङ पोर्ट एमजी ब्याजको छेउमा राखिएको छ । साथै यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ ।
काठमाडौं । टोयोटाले चीनमा 'बिजे' ब्रान्ड अन्तर्गत आफ्नो तेस्रो पूर्ण इलेक्ट्रिक कार सार्वजनिक गरेको छ। जसले सार्वजनिक भएको पहिलो घण्टामै १०,००० ओटा अर्डर प्राप्त गरेको छ । यो इलेक्ट्रिक एयुभीको सुरुवाती मूल्य १०९,८०० युआन (९१५,१०० अमेरिकी डलर) राखिएको...
































