बैंक/ बिमा

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स संचालक समितिको जेठ २० गते बसेको बैठकले सेयरधनीलाई करसहित २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

आइएमई रेमिटेन्स २४ औं वर्षमा प्रवेश

आइएमई ग्रुपका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भइसकेको रेमिटेन्सलाइ वैधानिक माध्यमबाट स्वदेश भित्राउने व्यवसाय मार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा योगदान गरिरहेको बताए ।

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित

सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो ।

मौद्रिक नीति सार्वजनिक हुँदै

नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८१(८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंकले मौद्रिक नीति पारित गर्न शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक डाकेको छ। दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ।

सिन्धु विकास बैंक र युवा स्वरोजगार कोषबीच सम्झौता

सिन्धु विकास बैंक र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच कर्जा लगानी सम्झौता भएको छ ।

अर्बपति क्लबमा उक्लियो गरिमा विकास बैंक, प्रतिसेयर आम्दानी कति ?

रिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरकेो छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा आकर्षक सुधार देखिएको छ ।

नबिल बैंक र युनिलिभरबीच च्यानल फाइनान्सिङमा सहकार्य

नबिल बैंक र युनिलिभर नेपालबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य भएको छ ।

ग्लोबल आइएमई बैंकको ‘धनवृष्टि मुद्दती योजना’, दुई वर्षमै दोब्बर रकम पाइने

यस योजनाअन्तर्गत मुद्दती निक्षेप खाता खोल्नको लागि निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट गर्नुपर्नेछ । २ वर्षको समयावधिमा दोब्बर रकम प्राप्त गर्न निक्षेपकर्ताले हरेक त्रैमासमा छनोट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्दै जानुपर्नेछ ।

ग्लोबल आइएमई बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’ बाट सम्मानित

फिनाकल १० कोर बैंकिङको कार्यान्वयन पछि बैंकले ग्राहक केन्द्रित सेवाहरूमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वाेत्कृष्ट घोषित गरिएको हो।