बैंक/ बिमा

नेपाल राष्ट्र बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।

अनुमति लिएरमात्र क्यासिनोले विदेशी मुद्राको कारोबार गर्नुपर्ने

नेपाल राष्ट्र बैंकले क्यासिनोलगायतका संस्थाले इजाजत लिएरमात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९को दफा ३ अनुसार इजाजत लिएरमात्र विदेशी विनिमयको कारोबार गर्नुपर्ने प्रावधानअनुसार नै नयाँ प्रबन्ध गरिएको जनाएको छ ।

पैसा धेरै भएपछि आज फेरी बजारबाट ८० अर्ब झिक्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंक्ले आज बुधबार पनि राष्ट्र बैंकले बजारबाट ८० अर्ब रुपैया“ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि त्यसको व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो ।

प्राइम कमर्सियल बैंकद्वारा सेयरधनीका लागि लाभांश घोषणा

प्राइम कमर्सियल बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको हाल बसेकाे सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बजारबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बजारमा लगातार लगानीयोग्य रकम थुप्रिदै गएपछि राष्ट्र बैंकले आज (बुधबार) ३० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो ।

बीमा दाबी सहज बनाउन निर्देशन

नेपाल बीमा प्राधिकरणले यही भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका कारण सृजना भएको बीमा दाबीलाई छिटो र सहज ढङ्गले फछ्र्योट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा कायम राख्ने लक्ष्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ मा मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा कायम राख्ने लक्ष्य निर्धारण गरेको छ । गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले आज प्रस्तुत गरेको मौद्रिक नीतिमा मुद्रास्फीतिलाई ५.० प्रतिशतको हाराहारीमा कायम...

करिब पाँच अर्व बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी

काठमाडौँ महानगरपालिका सहकारी विभागमा रु चार अर्ब ७७ करोड ४९ लाख २३ हजार बचत रकम फिर्ता गरी दिनका लागि छ हजार बढी बचतकर्ताले माग गरेका छन् ।