मेलम्ची खानेपानीको सुरुङ परीक्षण गरिँदै, दुर्घटना नहोस् भनेर विशेष सतर्कता

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज परीक्षण गरिँदै छ। साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भरेर परीक्षण गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

निजी आवास पुनर्निर्माणको अनुदान बुझ्ने समयसीमा थप

माघ २०७६ भन्दा पहिले नै पहिलो किस्ता लिएका सबै लाभग्राहीले असार २०७७ भित्र दोस्रो किस्ता लिइसक्नुपर्ने भएको छ । त्यसमध्ये छूट र पुनसर्वेक्षणबाट आएकाले नियमित प्रक्रियाबाटै किस्ता पाउनेछन् ।

देशभरको फोहोर व्यवस्थापनको जिम्मा अब शहरी विकास मन्त्रालयले लिने

बैठकमा बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, स्थानीय प्रभावित जनताले उठाएका मागहरू, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयहरूमा छलफल भएको थियो। यसका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको र सोका लागि कानुनी प्रबन्ध आवश्यक रहेकोमा जोड दिइएको छ।

प्रचण्ड सुकुटे पुगे, सडक मर्मतमा तिव्रता दिन आग्रह

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोबाट क्षतिग्रस्त सडकको तत्काल मर्मत गरी सहजरुपले सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् ।

बाढी र पहिरोको कारण एक अर्बभन्दा बढीको क्षति, ६४ जिल्ला प्रभावित

काठमाडौं, १० साउन । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको अनुसार बर्षा पछिको बाढी र पहिरोको कारण देशभर एक अर्ब भन्दा धेरै रकमको क्षति...

छिचोलियो कोशी करिडोर, त्रिदेशीय सडक सञ्जाल स्थापित

तीन देशको सडक सम्पर्क स्थापित गर्ने उत्तर–दक्षिण कोशी करिडोर सडक छिचोलिएको छ । करिडोर अन्तर्गत खाँदबारी–किमाथांका सडक खण्ड अन्तर्गत १५८ किलोमिटर सडकको ‘ट्र्याक ओपन’ भएसँगै भारत–नेपाल र चीन विच सडक सञ्जालले सम्पर्क स्थापित गर्ने सडक छिचोलिएको हो ।

नागढुंगा-नौबिसे सुरुङमार्ग ‘ब्रेक थ्रु’, प्रधानमन्त्रीले गरे उद्घाटन

यो सुरुङमार्गमा २२ अर्ब ठेक्का सम्झौता भएकोमा एडीबीको करिब १६ अर्ब ऋण छ भने बाँकी नेपालको आन्तरिक स्रोत लगानी भएको छ। सुरुङमार्गमा अब करिब १ मिटर मात्रै पूरा हुन बाँकी छ।

कुन क्षेत्रमा महिलाको सहभागिता कति, ३० प्रतिशत म्यानेजर

महिलाको सहभागिता खासगरी साना र घरेलु उद्योग बढि मात्रामा रहेको देखिन्छ । ठूलाठूला उद्योगमा महिला सहभागिता नगन्य रुपमा नै रहेको पाइन्छ । सञ्चालनमा रहेको विभिन्न व्यवसायी प्रतिष्ठानमध्ये २९.६१ प्रतिशतमा महिला म्यानेजर छन्।

फेरि शुरु भयो सूर्यविनायक-रत्नपार्क रुटमा द्रुत बस

बिहान साढे ८ बजेदेखि ती बसहरू तीन/तीन मिनेटको अन्तरमा सूर्यविनायकबाट रत्नपार्क प्रस्थान गरेका हु्न्। सूर्यविनायकदेखि रत्नपार्क साढे १० बजेसम्म चल्ने र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि सूर्यविनायकसम्म चल्ने गरी तालिका बनाइएको छ।

भूकम्पपछिको पुनर्निर्माण: ६ लाखबढी निजी आवास बने, सिकाइको अभिलेख राखिँदै

जसमा सात लाख ८५ हजार ७८ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार लिएका छन् । जग निर्माण सम्पन्न गरी छ लाख ७७ हजार ५५७ ले दोस्रो किस्ता लिएका छन् । घर निर्माण सम्पन्न गरी छ लाख छ हजार ५०५ ले तेस्रो किस्ता अनुदान लिएको प्राधिकरणले जनाएको छ ।