स्वस्थ रहन कस्तो भोजन गर्ने, कुन भोजनले गर्छ कुन गुणको विकास ?

काठमाडौं । शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पोषक तत्व भोजनमा पाईन्छ । मानिसको शरीरलाई स्वस्थ्य राख्न विभिन्न पोषक तत्वको आवश्यकता पर्छ। शरीरलाई आवश्यक पोषक तत्वहरू कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, खनिज पदार्थ तथा पानी लगायत रहेका हुन्छन् ।

एउटै मात्र खानाले शरीरमा चाहिने सम्पूर्ण पोषक तत्व प्राप्त गर्न सकिँदैन। त्यसैले विभिन्न थरिका खानेकुरा खानुपर्ने हुन्छ जसले गर्दा शरीरलाई चाहिने सम्पूर्ण पोषक तत्वहरु आवश्यक मात्रामा पूर्ति हुने गर्छ। हाम्रो शरीरका कोष तथा तन्तुलाई राम्रोसँग काम गर्न सघाउने भएकाले हाम्रो शरीर स्वस्थ रहन्छ।

भोजनलाई तीन श्रेणीमा बाँडिएको छ
सात्विक,
राजसिक र
तामसिक ।

१. सात्विक: सात्त्विक भोजन गर्दा शान्ति, संयम, पवित्रता र आनन्द जस्ता गुण विकसित हुन्छन् । परिश्रम पूर्वक आफनै धनद्धारा ल्याएका पवित्र खादयपर्दाथहरु सात्विक भोजनमा पर्दछन् ।

गाईको दुध र गाईको दुधबाट बनेका सबै परिकारहरु घ्यु, गहुँ, चामल जौ, मुग, हरियो पात भएको साग, घिरौला, लौका, आदि सात्विक भोजन अन्तर्गत पर्दछन् ।
सात्विकमा आलु, बदामको तेल ,मिलको तेल , धनीयाँ, जिरा, ज्वाँनो, बेसार , बदाम, सुकुमेल, किवी, अमला , एसैलु , केरा, नस्पाती, मेवा, खरभुजा, लिच्ची किवी, अमला, भुईकटर, सुन्तला, कटुस, ओखर, नरिवल, चमेली, गुलाफ, राजमा सिमल, तरुल , करेलो , इस्कुस , आकासबाट परेको पानी , वरेला, उुखु आदि सात्विकमा पर्दछन् ।

सात्विक स्थानहरुः नदीको किनारा , गौशला, मन्दिर तिर्थ, धाम, पहाडको टुप्पो, पहाडको गुफा, लामखुट्टे नलाग्ने सुन्दर हरियो बन, फुलबारी, आँपको रुख छेउछाउ, समि वृक्ष असपास, पिलको रुख वरिपरि, तुलसीको मठ आसपास पर्दछन् ।
सात्विक व्यक्तिहरुः माता,पिता, सन्त, सदगुरु , धार्मिक , कवि , ब्राहमण , धार्मिक गुरु,आध्यत्मिक शिक्षकहरु, सेवा गर्ने व्यक्तिहरु, बाहुन, कृषक, आध्यात्मिक र कृषि वैज्ञानिकहरु
रंग : सात्विक रंगहरुमा सेतो, पहेलो, गेरुवा, गोल्डेन , रेशमी उनीको जुटपाट, हनुमानको टिका, सुन चाँदी तामा पर्दछन् ।

२. राजसी भोजन: राजसी भोजनले एकोहोरोपन जस्ता गुणमा वृद्धि हुन्छ । तीतो अमिलो, नुनिलो , धेरै तितो , पिरो, रुक्ष डाहावाला, मसालेदार , अचार आदि राजसी भोजनमा पर्दछन् । व्यपारबाट आएको धनले किनको फल तथा अन्नहरु पनि राजसी हुन्छन् ।

चिया, कफी , आइसक्रिम पापड , गुन्द्रक ,टमाटर , भैंसीको दुध, मुला मेथी , मरिच ,ल्वाँग, गाजर, फुलकोपि, आँप , अनार , इस्ट्बेरी, चिनी , मह, भोगटे, कागती भिडी, रोयो , फर्सीको मुन्टा राजसी भोजनमा पर्दछन् ।

राजसी स्थानहरु: सरकारी भवन , विद्यालय, गाँउघर, सहर , झिलीमिली सजाएको ठाँउ राजसी हुन् ।
व्यक्तिहरु: नेताहरु, क्षेत्री , लोक गायन, नाट्यकार, नृत्यकार, हाँस्यकार चित्रकार ,डकर्मी, सिकर्मी, खेलाडी व्यापरी, भाँडा बनाउने
रगंहरुः झिलीमिली , नौं रंग, हरियो, सुन्तला, मिश्रित रंग, मिश्रित कपडा, पितल ,काँस आदी पर्दछन् ।

३ . तामसिक: भोजन गर्दा चाहिँ क्रोध, एकोहोरोपन, अहंकार र विनाश जस्ता अवगुणमा वृद्धि हुन्छ । अरुलाई दुःख दिएर आर्जन गरेको धन तामसिक धन हो । अरुलाई दुःख दिएर कमाएको सबै कुरा तामसी नै हुन्छन् । सकेसम्म सुख्खा भोजन भुटेको मैक भटमास तामसी हुन्छ (मैदाबाट बनेको बिस्कुट, चाउमीन , पाउरोटी आदि) धेरै दिन देखि बनाएर राखेको भोजन वा खानेकुरा पनि तामसी नै हुन्छ ।

माछा-मासु जाँड, रक्सी, तमाखु , गुडका अण्डा बासी भोजन तितो पिरो टर्रो , दुर्गन्ध युक्त किराले खाएको , अपवित्र, प्याज लसुन , सलगम , सुपारी आलसको तेल, पिडालु ,कर्कलो, वैतरणी श्राद्ध शनि दशा निवारण्को कार्या ,गधा , घोडा परेवा , कुखुरा , काग यी सबै कुरा तामसी हुन् ।

तामसिक स्थानहरु : वेश्यालय, कलकारखाना, अण्डा पसल, माछा मासुको पसल, जुवा तास खेलिरहेको स्थान, उराठ लाग्दो, झगडा परिरहने, अदालत, अस्पताल, मुर्दाघर, मरुभूमि, भट्टी, आगो, पहिरो ,

रंग : कालो, ध्वासे खैरो , गाढा निलो रंग, वैजनी रंग, कलेजी, छालका कपडाहरु

( अनन्त श्री विभूषित जगद्गुरु रामानन्दचार्य स्वामी रामकृष्णाचार्य महायोगी सिद्धबाबाको सत्सगंवाट तयार पारिएको)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here