केमिकल या मिनरल,कस्ताे सनस्क्रीनस् रोज्ने?

काठमाडौं । पछिल्लो समय विश्वभर नै केमिकल सनस्क्रीनको प्रभावकारिता, स्वास्थ्यमा पर्ने असर र वातावरणीय प्रदूषणका बारेमा चासो बढ्दै गएको छ। त्यसैले बिस्तारै धेरै मानिसहरू मिनरल सनस्क्रीनतर्फ आकर्षित हुँदैछन्। यसरी अहिले मिनरल सनस्क्रीन बजारमा द्रुतगतिमा लोकप्रियता हासिल गरिरहेको छ।

तर, के केमिकल सनस्क्रीन हानिकारक नै छ त? कुन सनस्क्रीन लगाउदा ठिक हुन् । यी दुबै प्रकारका सनस्क्रीनमा रसायन हुन्छन्—मिनरल सनस्क्रीन पनि रासायनिक पदार्थबाट बनेको हुन्छ। केमिकल सनस्क्रीनलाई अर्गानिक भनिन्छ किनभने यसमा कार्बन(हाइड्रोजन बन्ड हुन्छ, जबकि मिनरल सनस्क्रीन इनअर्गानिकू हुन्छ—प्रायः टाइटानियम डाइअक्साइड वा जिंक अक्साइड।

दुबै प्रकारका सनस्क्रीनले युभी किरणहरू अवशोषण गर्छन्, न कि केवल परावर्तित। त्यस्तै केमिकल सनस्क्रीनले छालामा चाँडै अवशोषण गर्छ, मिनरल सनस्क्रीन अलिक गाढा देखिन्छ र सेतो पर्पटी दिन सक्छ।

केही केमिकल सनस्क्रीनको तत्व रगतमा समाहित हुने तथ्य पाइएका छन्, तर ती हानिकारक छन् भन्ने पर्याप्त प्रमाण छैन।

समुद्री पर्यावरणमा असर गर्ने सम्भावनाहरूलाई लिएर पनि अध्ययन भइरहेको छ—तर त्यो असर विशेष परिस्थिति वा उच्च मात्रा प्रयोगमा मात्र देखिएको हो।

विशेषज्ञहरूले भन्छन् सबै भन्दा राम्रो सनस्क्रीन भनेको तपाईं खुशीसाथ प्रयोग गर्न तयार हुने सनस्क्रीन हो। एसपीएफ महत्त्वपूर्ण हो—कुन तत्वबाट बनेको भन्ने होइन। भ्रमको सुरुवात शब्दावलीबाटै हुन्छ। सबै कुरा रासायनिक नै हो,भन्छन् ब्रायन डिफी, यूनिभर्सिटी अफ न्युक्यासल युकेका डर्माटोलोजिकल साइन्समा फोटोबायोलोजीका एमेरिटस प्राध्यापक तथा सनस्क्रिनको यभीए स्टार रेटिङ प्रणालीका आविष्कारक।

उनको भनाइअनुसार, मानिसहरूले केमिकलू फिल्टर भन्ने गर्छन्, तर ती वैज्ञानिक दृष्टिले अर्गानिकू फिल्टर हुन्, किनभने तिनीहरूमा कार्बन(हाइड्रोजन बन्ड हुन्छ। जबकी मिनरल भनिने इनअर्गानिक फिल्टर—जस्तै टाइटानियम डाइअक्साइड र जिंक अक्साइड—मा त्यस्ता बन्डहरू हुँदैनन्। हाम्रो छालालाई सुर्यको किरणबाट जोगाउने अभ्यास नयाँ होइन

सुर्यको किरणबाट छाला र शरीरलाई जोगाउने प्रयास पुरानो परम्परा हो—जसरी अर्गानिक वा इनअर्गानिक सनस्क्रीन पनि नयाँ होइन। प्राचीन मेसोपोटामियालीहरूले छायाँ बनाउन छाता प्रयोग गर्थे भने प्राचीन ग्रीकहरूले फराकिलो टोपी लगाउँथे। विभिन्न प्रकारका आवरणहरू प्रयोग गर्नुका साथै, मानिसहरूले शरीरमा मिश्रणहरू पनि लगाउँथे।

अफ्रिकामा, हिम्बा जाति जस्ता समुदायहरूले अहिले पनि प्रयोग गर्दै आएको ओखर(आधारित पेस्टको प्रयोग करिब २८५,००० वर्ष अगाडि देखिन थालिएको हो। रोमन लेखक कोर्नेइलस सेल्ससले भने छालामा अलिभ तेल लगाउन सल्लाह दिएका थिए। बिबिसीकाे सहयाेगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here