बन्दुक, पेस्तोल: ज्यान बचाउने होइन्,ज्यान लिने हतियार

काठमाडौं,१ पुस । अहिलेका युवापस्ताबाट हतियार दुरूपयोगको सम्भावना बढी रहेको छ । युवाहरू फोर एम (मनी, मोबाइल, मोटरबाइक र मस्ती) का पछाडि दौडिइरहेका छन् ।

उनीहरूलाई कर्म गरेर आम्दानी बढाउने भन्दा पनि छिटो धनी हुने वा छिटो पैसा कमाउने भूत चढिरहेको हुन्छ ।

उनीहरूलाई मस्ती पनि चाहिएकाले पैसाको आवश्यकता बढी पर्छ, जसका कारण उनीहरू आपराधिक गतिविधिमा बढी संलग्न हुन थाल्छन् । जसमा वैधानिक वा अवैधानिक हतियारको मोह बढ्न थालेको छ ।

गुण्डा, तस्कर, अपहरणकारी वा बन्दुकधारीहरु बन्दुक बिना आफू असुरक्षित भएको अनुमान गर्छन् । तर, अचम्म लाग्ने कुरा मानिसहरु बन्दुक, पेस्तोलको प्रयोग अरुको ज्यान लिनको लागि मात्रै नभएर आफ्नै ज्यान लिन पनि प्रयोग गरिरहेका छन् ।

सन् २०१८ मार्च २२० लारिखको दिन अमेरिकामा लाखौं मानिसहरु ‘नो भाइलेन्स’ को नारा लगाएर सडकमा उत्रिए । त्यसको एउटै उद्देश्य अमेरिकामा पेस्तोल बोक्ने नितीमा परिवर्तन होस् र जसको कारण वर्तमान समयमा भईरहेको बमबारीको घटना रोकियोस् भन्ने थियो ।

अमेरिकामा जसरी हरेक मानिसलाई सजिलै बन्दुक प्राप्त हुन्छ उनीहरु यसको विरुद्धमा थिए । तर, यसको मतलब यो होइ्न कि अमेरिकामा मानिसहरु पेस्तोलको विरुद्धमा छन् ।

अमेरिकामा सर्वसाधारणलाई सजिलै पेस्तोल उपलब्ध गराउने कि नगराउने भन्ने विषयमा बहस भईरेको छ । पछिल्लो दश वर्षमा अमेरिकामा यहि विषयमा छलफल भइरहेको छ ।

केही वर्षयता मात्रै अमेरिकमा २ दर्जन भन्दा धेरै गोलीबारीको घटनाहरु भएको छन् । जसमा गोलीबारी गर्ने मानिसहरु न त अपराधीक इतिहास बोकेका मानिसहरु न त प्रोफेसनल बन्दुकबाज ।

यी मानिसहरु त एक सामान्य विद्यार्थी, बेरोजगार, चिन्तीत, विभिन्न प्रकारको समस्याहरुको समाधान गरिरहेका मानिसहरु मात्रै थिए । सहजै पेस्तोल उपलब्ध हुने कानुनका कारण यस्ता मानिसहरुले केही समयमा नै सयौं मानिसहरुको हत्या गरे ।

सन् १९९९ देखि २०१८ सम्म आइपुग्दा अमेरिकामा ३८ भन्दा धेरै यस्ता गोलीबारीको घटना भएका छन् । जसको कारण ५ सय भन्दा धेरै मानिसहरुको हत्या समेत भएको छ भने २ हजार भन्दा धेरै मानिसहरु पूर्ण रुपमा घाईते भएका छन् ।

यसै कारण अमेरिकामा बिबाद छ कि पेस्तोल बोक्न पाउने कानुनलाई परिवर्तन गर्नुपर्छ ।

विश्व समुदायको स्थिती पनि यस्तै

यो विषय अमेरिकाको मात्रै नभएर वर्तमान समयमा विश्व समुदायकै टाउँको दुखाईको विषय बन्दै गएको छ । यही कारण विश्वभर नै पेस्तोलको विषयमा विभिन्न प्रकारका टिका टिप्पणीहरु भईरहेका छन् ।

अमेरिका त्यस्तो ६ देश हो, जहाँ एक वर्षमा हुने तमाम हत्यामा पेस्तोल वा राइफलको कारण हत्या ५० प्रतिशत छ । अमेरिकामा सहित ब्राजिल, मेक्सिको, कोलम्बिया, भनेजुयला, ग्वाटेमाला ६ देशमा सबैभन्दा धेरै बन्दुकको कारण हत्या र आत्महत्या हुने गरेको छ ।

सन् २०१६ मा बन्दुकको कारण ब्राजिलमा सबैभन्दा धेरै ४३ हजार २ सय भन्दा धेरै मानिसहरुले हत्या तथा आत्महत्या गरेका थिए । त्यस्तै अमेरिकामा ३७ हजार २ सय, मेक्सिकोमा १५ हजार ४ सय, कोलिम्बयामा १३ हजार ३ सय, भेनेजुयलामा १२ हजार ८ सय र ग्वाटेमालामा ५ हजार ९० जना मानिसहरुको हत्या तथा आत्महत्या भएको थियो ।

जनसंख्याको तुलना गर्ने हो भने यी ६ देशमा विश्वको सम्पुर्ण जनसंख्याको १० प्रतिशत मात्रै मानिसहरु बस्छन् । तर, विश्वभर पेस्तोल र बन्दुकको कारण मृत्य हुने मानिसहरुको संख्याको यी देशमा मात्रै ५० प्रतिशत छ ।

विश्वभर छ पेस्तोल,बन्दुक प्रेम

विश्वमा सायदै कुनै देश होला जहाँका मानिसमा बन्दुक प्रेम नहोस् । मानिसहरु बन्दुक राख्नुलाई आफ्नो गौरवको कुरा सम्झन्छन् । खासगरी विकसीत देशहरुमा आफ्नो सुरक्षाको लागि बन्दुक राखिन्छ भने कम विकसीत र अविकसीत देशहरुमा आफ्नो दबदबा बनाइराख्नको लागि बन्दुकको प्रयोग भएको पाइन्छ ।

एक अध्ययन र अध्ययनको तथ्यांक अनुसार विश्वभर ८५ करोड ७० लाख बन्दुक छन् । जसको ८५ प्रतिशत बन्दुक सिविलियन मानिसहरुसंग मात्रै छ । अमेरिकामा मात्रै ३९ करोड ३ लाख बन्दुक छ, जुन विश्वभरका सिविलियन बन्दुकको ४६ प्रतिशत हो ।

नेपालमा कस्तो छ स्थिती ?

हातहतियारसम्बन्धी ऐनमा केही संशोधन भए पनि त्यसले पूर्णता पाउन सकेको छैन । त्यसबाहेक राज्यलाई नै को-को व्यक्तिसँग कति हतियार छ भन्ने जानकारी छैन ।

पछिल्लो समय नेपालमा बम काण्डका समाचारहरु थोरै मात्रामा सुनिन्छ । हुन् त सरकारले लाइसेन्स नभएको बन्दुकलाई खारेज पनि गरिरहेको छ । तर, त्यो काम पुर्ण रुपमा कार्यन्वायन भने हुन सकेको छैन् ।

खासगरी नेपालमा पनि आफ्नो दबदबा कायम बनाइराख्न बन्दुकको प्रयोग हुने गरेको छ । भारतसंगको खुल्ला सिमानाको कारण सजिलै बन्दुक उपलब्ध हुने गरेको छ । जसको कारण यस्ता घटनाहरु समय समयमा हुने गर्छ । यसबाट सबैभन्दा धेरै तराईका भू भागहरु प्रभावित छन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here