मोटोपनले चिन्तित हुनुहुन्छ,पेट घटाउन रोटी खाने कि भात ?

काठमाडौं । अधिकांश नेपालीहरुमा बढिमात्रामा भात खाने प्रचलन हुन्छ । विशेष गरेर नेपालको शहरी क्षेत्रमा भात खाने प्रचलन रहेको छ ।

गाउँमा भात भन्दा पनि रोटी सहज हुन्छ तर शहरी क्षेत्रमा भने रोटी पकाउन अलि अप्ठारो प्रक्रिया ठान्छन् । दैनिक भात खाएन भने शरीरमा के नपुगेको जस्तो महशुस हुन्छ । दिनहुँ भात खाँदा पेट बढ्छ भन्ने हाम्रो प्रचलन रहि आएको छ ।

यदि तपाइँलाई मोटो पनले सताएको छ वा पेट लागेर चिन्तित हुनुहनुन्छ भने पक्कै पनि पेट घटाउने उपाय खोजिरहनु भएको होला ।

कतिपयले पेट घटाउन भन्दै रोटी खाने गर्छन् भने कसैले भातले पेट नबढ्ने भन्दै भात खान्छन् । कतिलाई त अझ भात नखाइ पेट नै नभरिने समस्या हुन्छ ।

धेरै मानिसलाई रोटी खाँदा पेट घट्छ भन्ने लागेपनि यसबारेमा मानिसहरुलाई स्पष्ट जानकारी छैन । विश्वका चर्चित डाइटिसियनले एक टोकरी ३० ग्राम चामल र ३० ग्राम रोटीले शरीरमा उत्तिकै क्यालोरी दिने भएका कारण यसमा अलमल नपर्न सुझाव दिएका छन् ।

हालै प्रकाशित एक रिपोर्टमा विश्व चर्चित डाइटिसियनहरुले भात र रोटीले उत्तिकै क्यालोरी दिने भएका कारण भारत र रोटीले फरक नपार्ने बताएका छन् ।

तर पेटको दृष्टिले रोटीमा फाइबरको मात्रा बढी हुने हुँदा त्यसले पाचनमा सजिलो हुने उनीहरुको भनाइ छ । भातमा भने फाइबरको मात्र हुँदै हुँदैन भन्दा पनि हुन्छ ।

भात खाँदा छिटो भोक लाग्ने र रोटी खाँदा केही समय सम्म भोक नलाग्ने भएका कारण रोटी खानु उचित मानिएको हो ।

जसलाई भात खाने बानी परेको छ त्यस्ताका लागि भने भारतमा फाइबरको मात्रा हुने चिजहरु मिसाएर पकाउनु पर्ने डाइटिसियनको सुझाव छ । चामल र गहुँमा चिल्लो पदार्थको मात्रा भने बराबर हुने डाइटिसियनको भनाइ छ ।

सेता पोलिस गरिएका चामल स्वास्थ्यको लागि हानिकारक

पछिल्लो समय बजारमा सेता पोलिस गरिएका चामलहरु पाइन थालिएको छ । यस्तो चामल निकै आकर्षक खालको हुने भएको कारणले मानिसहरु यस्तो चामललाई प्रति आकिर्षत भई यस्तै चामल खान्छन् ।

दाल, भात, तरकारी र अचार मानिसको स्वास्थ्यको लागी उत्कृष्ट मानिए पनि सेतो चामल चाहि विष हुने कुरा चिकित्सकले बताउँदै आएका छन् ।

धान कुटेर चामल निकाल्दा बाहिरी पत्रलाई ढुटो र ब्रानको साथमा फालिने गरिन्छ, तर हामीले मिल्काउने ब्रान वा ढुटोबाट भिटामिन र महंगो तेल बन्ने गर्दछ, यस्ता ब्रान र ढुटो बन्ने तत्व चाहि मानिसको लागी महत्वपूर्ण हुन्छ ।

हामीले ब्रान र ढुटो मिल्काएको सेतो चामलमा एक कार्बोहाइडेट मात्र पाइन्छ । ब्राउन राइस एक सुपर फुड भएकाले यसमा मानवलाई चाहिने अत्यावश्यक तत्वहरु पाइन्छ ।

जस्तै उच्चस्तरको प्रोटिन, आवश्यक फ्याटी एसिड, भिटामिन बी कम्प्लेक्स, एन्टी अक्सिडेन्ट, क्याल्सियम, आइरन मिनरल्स आदि ।

यसलाई उसिना ब्राउन राइस बनाएर खाएमा ग्लाइसेमिक इण्डेक्समा सुधार आउँछ । यस्तो चामललाई मधुमेहको रोगीले खान सक्नेछन् । पोलिस लगाएको सेतो चामलमा सिम्पल कार्बोहाइडेट मात्र पाइन्छ ।

यस्तो चामलले मोटोपना, इन्सुलिन सुगर रोग बढाउने काम गर्दछ । त्यस्तै विज्ञानले सेतो चामल वा पोलिस गरिएको चामल खानाले रक्तनलिको रोगको साथमा क्यान्सरको जोखिम बढाउने कुरा प्रमाणित गरेको छ । पार्किन्सन्स अल्जाइमर र नशाका रोगहरु पनि सिम्पल सुगरकै कारण बढ्ने गर्दछ ।

बजारमा पोलिस गरिएको चामल मात्र पाइने कारण कहाँबाट ल्याउने ब्राउन चामल भन्ने चुनौतीको कुरा पनि हो ।

तर एउटा उखानै छ जहाँ इच्छा त्यहा उपाय । चामल किन्नुको सट्टा धान किनेर मिलमा लगेर चामल बनाउने हो भने स्वास्थ्यमा खराबी सिर्जना हुदैन् । अहिले धान कुटाउने चाइनिज डबल मेसिन बजारमा पाइन्छ ।

यसकारणले पनि बाहिरको ब्राउन भाग वा पोषकतत्व नष्ट हुने गर्दछ । ढिकीमा कुटेको धान भने ब्राउन राइस बन्न सक्दछ ।

यसलाई ब्राउन राइसको साथमा उसिना ब्राउन राइस पनि बनाउन सकिन्छ । चामल पोलिस गर्ने विषयमा अन्तर्राष्ट्रिय मापदण्ड भएपनि हामीले मापदण्डलाई मिचेर चामल पोलिस गरिरहेका छौं ।

यसो गर्नुको मेन कारण भनको लामो समय सम्म चामल नबग्रीयोस् भन्ने पनि हो । तर यस्तो चामलमा स्लो पोइजन पाइने हुदाँ सिम्पल सगुरलाई पचाउनको लागि क्याल्सियम पनि हुदैन् ।

यसो हुनाले हड्डीहरु कमजोर हुने, रोगप्रतिरोधात्मक क्षमतामा कमी ल्याउने, रोगको जोखिम बढाई रगतमा सुगरको मात्रा चिनीले झै बढाउने काम गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here