बिक्नै छाड्यो जलविद्युतको सेयर, १७ कम्पनीको मूल्य सय भन्दा तल

काठमाडौं, १५ पुस । लगानीकर्ताले जलविद्युत कम्पनीको सेयर किन्न छोडेका छन् । यही कारण नेप्सेमा सूचीकृत करिब डेढ दर्जन (१७ वटा) जलविद्युत कम्पनीको सेयर अंकित मूल्य (प्रतिकित्ता) एक सय रुपैयाँ भन्दा तल छ ।

पछिल्ला महिनामा प्राथमिक सेयर (आईपीओ) निष्काशन भएका जलविद्युत कम्पनीको सेयर पनि बिकेका छैनन । जलविद्युत आयोजनाले स्थानीय तहकालागि निष्काशन गरेको सेयर पनि नबिकेपछि पुनः सर्वसाधारणको लागि आब्ह्रान गरिएको छ ।

यसरी आब्ह्रान गर्दा पनि सेयर बिक्न छोडेपछि जलविद्युतको सेयरमा लगानीकर्ताको आकर्षण घटेको सेयर विज्ञहरु बताउँछन् ।

पछिल्लो उदहारणको रुपमा शिवश्री जलविद्युतको आईपीओलाई लिन सकिन्छ । कम्पनीले असोज १६ देखि सर्वसाधारणका लागि सेयर निष्कासन गरेको थियो । तोकिएको समयमा सेयर विक्री नभएपछि एक महिनासम्म आवेदन संकलन गरियो ।

कम्पनीले करिब ३३ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गरेको थियो । एक महिनासम्म जम्मा सवा ७ करोड रुपैयाँको मात्र सेयर विक्री भयो । यी लगायत पछिल्ला घटनाक्रमले सेयर बजारमा जलविद्युत कम्पनीको सेयरमा आकर्षण घटेको विज्ञहरुको भनाई छ ।

हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३२ जलविद्युत कम्पनी सूचीकृत छन् । तीमध्ये मंगलबारसम्म १७ वटा कम्पनीको सेयर मूल्य एक सय भन्दा तल छ । विगतमा राम्रो प्रतिफल लाभ दिइरहेका चिलिमे जलविद्युत कम्पनीलगायत केही कम्पनीको सेयर भने एक सय भन्दा माथी छ ।

मंगलवारको कारोबार अनुसार सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरको सेयर मूल्य घटेको छ । सो दिन बजार बन्द हुँदा खानीखोलाको सेयर मूल्य प्रतिकित्ता ५० रुपैयाँ कायम भएको छ ।

मंगलबारसम्म एक सय भन्दा कम सेयर मूल्य हुने जलविद्युत कम्पनीहरु:

१. आँखुखोला जलविद्युत— ५७ रुपैयाँ
२. अरुण भ्याली— ९० रुपैयाँ
३. वरुण हाइड्रोपावर— ८२ रुपैयाँ
४. च्याङ्दी हाइड्रोपावर— ९४ रुपैयाँ
५. दिव्यश्वरी हाइड्रोपावर— ५१ रुपैयाँ
६. घलेम्दी हाइड्रो— ६३ रुपैयाँ
७. जोशी हाइड्रोपावर विकास कम्पनी— ६० रुपैयाँ
८. कालीका पावर कम्पनी— ८३ रुपैयाँ
९. खानीखोला हाइड्रोपावर— ५० रुपैयाँ
१०. माउण्टेन हाइड्रो— ८५ रुपैयाँ
११. नेशनल हाइड्रोपावर कम्पनी— ५१ रुपैयाँ
१२. पञ्चकन्या माइ जलविद्युत— ८४ रुपैयाँ
१३. राईरंग हाइड्रोपावर— ९७ रुपैयाँ
१४. रिडी जलविद्युत विकास कम्पनी— ८२ रुपैयाँ
१५. साइनर्जी पावर विकास कम्पनी— ८८ रुपैयाँ
१६. यूनियन हाइड्रोपावर— ५८ रुपैयाँ
१७. यूनिभर्सल पावर कम्पनी— ७२ रुपैयाँ

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here