‘खल्ती’ले पायो नेपाल राष्ट्र बैंकबाट अनुमति

काठमाडौं, ११ वैशाख । खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायकको कार्य गर्ने अनुमति पत्र प्रदान गरेको छ ।

राष्ट्र बैंकको ‘भुक्तानीतथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमतिप्राप्त गरेको हो ।

डिजिटल भुक्तानीका साथै अब खल्तीमार्फत आन्तरिक मनि ट्रान्सफर र अन्य विभिन्न किसिमका मोबाईल वित्तीय सेवाहरू पनि उपलब्धहुनेछन् ।

नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ एउटा डिजिटल भुक्तानी सेवा प्रदानगर्ने स्टार्टअप कम्पनी हो । सुरुवात देखि नै खल्ती नविनतमप्रविधि तथा सेवा मार्फत मानिसको जीवन सहज बनाउन केन्द्रीत रहेको कम्पनीले बताएको छ ।

राष्ट्र बैंकबाट भुक्तानी सेवाप्रदायकको आधिकारिक लाईसेन्स प्राप्त गरेपछि डिजिटल माध्यमबाट प्रदान गरिने सेवालाई अर्को तहमा पुर्याउन यस कम्पनी थप उत्प्रेरित बनेको बताएको छ ।

खल्तीले राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको अवसरमा खुशी व्यक्त गर्दै कम्पनीका प्रबन्ध निर्देशक मनिष मोदीले भने, ‘नेपाल राष्ट्र बैंकबाट प्राप्तभुक्तानी सेवाप्रदायकको यस आधिकारिक लाइसेन्सले हामीलाई अझै तीब्र रफ्तारका साथ डिजिटल भुक्तानी सेवालाई देशैभर विस्तार गर्न उत्साहप्रदान गरेको छ ।’

नेपाल दूरसंचार प्राधिकरणको नयाँ तथ्यांक अनुसार नेपाल मामोबाईल सेवाको पहुँच १३२ प्रतिशतभन्दा धेरै छ र ५९ प्रतिशत जनसंख्याले तीब्र गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवाप्रयोग गर्छ्न् । त्यस्तै, नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार करीब ६४ लाख नेपालीहरुले मोबाईल बैंकिङ सेवा र साढे आठ लाखले इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्छन् ।

खल्तीले बैंकिङ पहुँचबाहिर रहेको जनसंख्यालाई डिजिटल प्लाटफर्ममा ल्याउन र वित्तीय सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने दाबी गरेको छ ।

खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाईल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इन्टरनेट तथा डीटीएचको बिलभुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदी गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्कतिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ ।

हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाख भन्दा बढि रहेको पनि कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here