स्टक डिलरले १ हजार कित्ता भन्दा कम सेयरको किनबेच गर्न नपाउने

काठमाडौं, २७ साउन । नेपाल स्टक एकसचेञ्‍ज (नेप्से) ले स्टक डिलर (धितोपत्र व्यापारी) कार्य सञ्‍चालनसम्बन्धी कार्यविधि जारी गरेको छ ।

नेप्सेको सञ्चालक समितिको बैठकले ‘धितोपत्र व्यापारी(स्टक डिलर) कार्य सञ्चालन कार्यविधि, २०७७’ स्वीकृत गरी भदौ १ गतेदेखि लागू हुने निर्णय गरेको हो ।

कार्यविधि अनुसार स्टक डिलरले १ हजार कित्ताभन्दा कम सेयर कारोबार गर्न पाउने छैन भने चुक्ता पूँजीका आधारमा एकपटकमा १० हजारदेखि अधिकतम ५० हजार कित्तासम्म सेयर किनबेच गर्न पाउने छन् ।

जस अनुसार ८ अर्ब रुपैयाँ वा सोभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीहरूको ५० हजार कित्तासम्म सेयर खरीद पाउने व्यवस्था गरिएको छ ।

यस्तै ५ अर्बदेखि ८ अर्ब रुपैयाँभन्दा कम चुक्ता पूँजी भएको कम्पनीको ४० हजार, २ देखि ५ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको ३० हजार, १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म चुक्ता पूँजी भएको कम्पनीको २५ हजार, ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीको २० हजार कित्ता सेयर किनबेच गर्न पाउने छन् ।

यस्तै, २० करोड रुपैयाँभन्दा बढी र ५० करोडभन्दा कम चुक्ता पूँजी भएको कम्पनीको १० हजार कित्तासम्म मात्र सेयर खरीद गर्न पाउने व्यवस्था गरिएको कार्यविधिमा उल्लेख छ ।

यसको लागि नेप्सेले प्रत्येक वर्ष कारोबार योग्य कम्नीको सुचि अध्यावधिक गर्ने उल्लेख छ । नेप्सेले अध्यावधिक गरेको सुचिबाट स्टक डिलरले आफुले कारोबार गर्न चाहेको कम्पनीको नामावली नेप्सेमा पोश गर्नुपर्ने हुन्छ ।

उक्त सुचीमा नेप्सेले आवशयक देखेमा हेरफर गर्नसक्ने तथा स्टक डिलरले कम्पनीको नामावली हेरफर गर्न चाहेमा नेप्सेलाई लिखित जानकारी गराएर स्वीकृत गारउनुपर्ने कार्यविधिमा उल्लेख छ ।

नामावलीमा समावेश नभएको कम्पनीको सेयर कारोबार गर्नको लागि स्टक डिलरले आफ्नो प्रणली प्रयोग गर्न नपाउने तर धितोपत्र दलाल व्यवसायीमार्फत भने गर्न सक्नेछ ।

स्टक डिलर कम्पनीले दैनिक रुपमा आफ्नो नेटवर्थको ६० प्रतिशतभन्दा धेरै रकमको सेयर किनबेच गर्न नपाउने भएका छन् ।

धितोपत्र व्यापारीले सूचीकृत धितोपत्रको कारोबार गर्न गराउन नेप्सेमा कम्तीमा ५० लाख नगद वा बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ । यस्तो धरौटी हिसाब राफसाफ तथा फछ्र्यौट गर्न पाइने छैन ।तथा धरौटीको २५ गुणाको सिमाभित्र रहेर मात्रै कारोबार गर्न सक्ने कार्यविधिमा उल्लेख छ ।

सेयर बजारमा हुने अस्वभाविक उतरचढाव रोक्ने उद्देश्यका साथ नागरिक लगानी कोषले यही भदौ देखि स्टक डिलर सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।
यसका साथै आगामी दिनमा सञ्चालनमा आउने अन्य स्टक डिलर कम्पनीलाई लक्षित गर्दै नेप्सेले कार्यविधि तयार गरेको हो ।

नागरिक लगानी कोषले ५ अर्ब चुक्ता पूँजीको स्टक डिलर कम्पनी सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिरहेको छ । स्टक डिलरले बजारमा अवमूल्यन भएर सेयर मूल्य निकै तल आएको अवस्थामा खरीद गरिदिने र अधिमूल्यन भएर मूल्य निकै बढेको अवस्थामा बिक्री बढाएर अस्वभाविक बढ्न रोक्ने भूमिका निर्वाह गर्ने मानिन्छ ।

यो पनि

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आईपीओ बाँडफाँड

नेप्से परिसूचक ३७.७४ अंकले बढ्यो, १ अर्ब ५५ करोडको कारोबार

नेप्से परिसूचक ११.३० अंकले बढ्यो, होटलबाहेक सबै समूह हरियाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here