यूरिक एसिड बढ्दा ११ वर्षसम्म घट्छ औसत आयू, कसरी कम गर्ने ?

काठमाडौं । रगतमा यूरिक एसिडको मात्रा बढ्नाले धेरै प्रकारको समस्याहरु पैदा भईरहेको छ । यूरिक एसिडको कारणले बाथ रोग, पत्थरीको साथसाथै मृगौलामा समेत आक्रमण गर्ने गर्दछ ।

रगतमा यूरिक एसिडको मात्रा कति छ भन्ने रगतको परिक्षणबाट पत्ता लगाउन सकिन्छ । शरिरमा यूरिक एसिडको मात्रा बढ्दा पर्ने प्रभावको विषयमा एउटा रिपोर्ट बाहिर आएको छ ।

‘यूरोपियन जर्नल अफ इन्टरनल मेडिसिन’ मा प्रकाशित भएको रिपोर्ट अनुसार छापिएको सूचना अनुसार यूरिक एसिडको कारण मानिसको औसत आयुमा प्रभाव पर्ने देखिएको छ ।

लिमरिक स्कुल अफ मेडिसिनको सोधकर्ताद्धारा गरिएको नयाँ अध्ययनमा यूरिक एसिडको कारण मानिसको औसत आयू ११ वर्षसम्म कम हुने दाबी गरिएको छ ।

यस रिपोर्टको अनुसार रगतमा यूरिक एसिडको मात्रा बढ्दा मानिसहरुमा मुटुसम्बन्धी रोग, स्ट्रोक, मधुमेह जस्ता रोगहरुको संक्रमण बढ्छ ।

यसरी कम गर्नुहोस्

रगतमा यूरिक एसिडको मात्रा कम गर्नको लागि खानपानमा विशेष ध्यान दिनुपर्छ । यसको लागि पालकको साग, मसरुम, गोलभेडा, मसुरको दाल, सोयाबिन र कफी जस्ता खानेकुराहरु धेरै मात्रामा खानुपर्छ ।

यसका साथै प्रशस्त मात्रामा पानी खादाँ पनि रगतमा रहेको यूरिक एसिडको मात्रा कम हुन्छ । दैनिक धेरै मात्रामा पनि सेवन गर्दा यस्ता एसिडहरु बाहिर निस्कन्छन् । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here