काठमाडौं । फोक्सोका कोषहरू अनियन्त्रित रूपमा विभाजन हुँदा यसले ट्यूमरको वृद्धि गराइ एक व्यक्तिको सास फेर्ने क्षमतालाई कम गर्दै लैजान्छ र फोक्सोको क्यान्सर हुन्छ ।
सामान्यतया धूम्रपान र धुँवाको जोखिममा धेरै बस्ने मानिसमा फोक्सो क्यान्सर हुने सम्भावना धेरै रहेपनि यो संक्रमणको जोखिम सबै व्यक्तिमा हुन्छ । हावामा रसायन वा अन्य विषाक्त पदार्थको जोखिमको कारण पनि फोक्सो क्यान्सरको जोखिम बढ्छ ।
सुरुवाती चरणमा फोक्सोको क्यान्सरलाई पहिचान गर्न गाह्रो भएपनि स्वासप्रस्वास सम्बन्धी केही लक्षणले फोक्सो क्यान्सरको लक्षण देखाउछ ।
यस्ता हुन्छन् लक्षण
फोक्सो क्यान्सरको लक्षणमा भोक कम लाग्नु, व्यक्तिको आवाजमा परिवर्तन आउनु, लगातार छातीको सङ्क्रमण, ब्रोन्काइटिस वा निमोनिया देखिएमा, कफ जम्मा भएमा, सास फेर्न गाह्रो हुनु, अस्पष्ट टाउको दुखाइ, तौल घट्ने, घ्यारघ्यार हुने आदी रहेका छन् ।
यसका अलवा गम्भीर रुपमा छाती दुखाइ हुनु, हड्डीको अस्वभाविक दुखाइ र खोक्दा रगत देखिने आदी लक्षण गम्भिर प्रकारको हुन्छ ।
फोक्सोको क्यान्सर कोषहरू शरीरको अन्य क्षेत्रमा पनि फैलिनसक्ने हुँदा यसले रोगको उपचार गर्न धेरै गाह्रो बनाउँदै लान्छ । फोक्सोको क्यान्सरलाई प्रारम्भिक चरणमै पहिचान गर्न सके जीवन बचाउन सकिन्छ । (एजेन्सीको सहयोगमा)





















