प्रदेश २ मा सबैभन्दा धेरै पेट्रोलियम भण्डारण क्षमता, कर्णालीमा छैन

काठमाडौं, १५ जेठ । नेपालमा भएको पेट्रोलियम पदार्थ भण्डारण पूर्वाधारमध्ये सबैभन्दा धेरै प्रदेश नम्बर २ मा ३३ प्रतिशत क्षमता रहेको छ ।

त्यस्तै प्रदेश नम्बर ३ मा पनि ३२ प्रतिशत भण्डारण क्षमता रहेको छ भने प्रदेश नम्बर १ मा १५ प्रतिशत भण्डारण क्षमता रहेको छ ।

प्रदेश ५ मा करिब १० प्रतिशत धेरै भण्डारण क्षमता रहेकोमा गण्डकी र सुदुर पश्चिममा ५ ५ प्रतिशत भण्डारण क्षमता रहेको छ ।

तर, कर्णाली प्रदेशमा भने हालसम्म पेट्रोलियम पदार्थ भण्डारण गर्ने पुर्वाधारको निर्माण नभएको आर्थिक वर्ष २०७५÷७६ को आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

यस्तै मोतीहारी रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको ३६.२ किमि मध्ये २८.५ किमि निर्माण कार्य सम्पन्न भएको छ । भने पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार गर्न चीन सरकारको सहयोगमा नुवाकोट, गोरखा र रुपन्देहीमा भण्डारण पूर्वाधार बनाउने प्रक्रिया अगाडि बढाइएको छ ।

नेपालमा पेट्रोलको तुलनामा डिजेलको आयात तीन गुणा भन्दा धेरै भएको पनि सर्वेक्षणले देखाएको छ ।
नेपालमा हालसम्म पेट्रोलियम पदार्थको उत्खखन भएको छैन् । आवश्यक सबै पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने अवस्था भएकाले ठूलो धनराशी यसमा खर्च हुने गरेको छ ।

नेपालमा गत चालु आर्थिक वर्षको नौ महिनामा मात्रै डेढ खर्ब भन्दा धेरैको पेट्रोलियम पदार्थ आयात भएको तथ्यांक रहेको छ ।

पेट्रोलियम पदार्थमा ठूलो रकम बाहिरिने कारण व्यापार घाटा पनि उच्च रहेको समेत अर्थमन्त्री खतिवडाले बताएका छन् ।

सर्वेक्षणका अनुसार आर्थिक वर्ष २०७३७४ को तुलनामा गत आर्थिक वर्ष २०७४७५ मा पेट्रोलको आयात ८१ हजार ४ सय ५ किलोलिटर वृद्धि भएको छ ।

२०७३७४ मा ४ लाख ७ हजार २ सय ७० किलोलिटर पेट्रोल आयात भएकोमा २०७४७५ मा ४ लाख ८८ हजार ६ सय ७५ किलोलिटर पट्रोल आयात भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७३७४ को तुलनामा २०७४७५ मा डिजेल आयात २ लाख ६८ हजार ९ सय ९० किलोलिटर वृद्धि भएको छ ।

२०७३७४ मा १३ लाख १९ हजार ८ सय ७३ किलोलिटर डिजेल आयात भएकोमा २०७४७५ मा १५ लाख ८८ हजार ८ सय ६९ किलोलिटर डिजेल आयात भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here