नयाँ लगानीकर्ताले किन किने चन्द्रागिरी भन्दै छ्याङदीको सेयर ?

काठमाडौं । नेपालको पुँजी बजारमा दोस्रो बजार प्रवेश गर्ने नयाँ लगानी कर्ताको संख्या दिनहुँ थपिने क्रम बढ्दो अवस्थामा रहेको छ ।

सेयर बजारमा पछिल्लो समय बनेको नयाँ–नयाँ रेकर्डका कारण पनि नयाँ लगानीकर्ताहरु अर्कर्षित हुने क्रम बढेको विश्लेषकहरु बताउँछन् ।

जसको कारण प्राथमिक र दोस्रो बजार दुवैमा लगानीकर्ताको बाक्लो उपस्थिति हुन थालेको छ ।

दोस्रो बजारमा कारोबार रकमका साथै सूचकले नयाँ उचाई हासिल गरिरहेका बेला प्राथमिक बजारमा आवेदन दिने लगानीकर्ताको संख्याले पनि इतिहासमै उच्च देखिन थालेको छ ।

नेपालको सबैभन्दा ठूलो प्राथमिक सेयर निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा आवेदन दिने लगानीकर्ताले नयाँ रेकर्ड राखेको थियो ।

सबैलाई ५० कित्ताको दरले उक्त सेयर पाएका दिए भने गोलापर्थले थप १० कित्ता पाएका थिए ।

यसले पनि नयाँ लगानीकर्ताको ध्यान बजारमा खिचिएको छ । त्यो भन्दा अघि खुलेको चन्द्रगिरीको सेयरमा पनि कित्ता संख्या कम भएपनि आवेदनको संख्या भने बढि नै देखिएको थियो ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई दोस्रो बजारमा आइतबारबाट कारोबार सुरु गरेको चन्द्रागिरी हिल्सको आईपीओमा खरिदकर्ताको किन्नेको ठूलो लर्को देखिदै आएको छ ।

एकैदिन २० लाख भन्दा धेरै कित्ता सेयरको माग भएको भएपनि बिक्रेता भने एकजना पनि देखिएका थिएन् ।

दोस्रो बजारमा कारोबार सुरु भएको चन्द्रागिरी हिल्स (सीजीएच) संकेतबाट कारोबार भएको थियो । पहिला नै करोबारमा आएको छ्याङदी हाइड्रोपावर (सीएचएल) बाट कारोबार भैरहेको थियो ।

मिल्दो जुल्दो र समान भाउमा किनबेच भैरहेकाले धेरै लगानीकर्ताहरु परेको अलमल परेर छ्याङदीको सेयर सर्किटको अवस्था नजिक पुगेको थियो ।

अनलाइन प्रणाली (टीएमएस) प्रयोग गरेर सेयर खरिदबिक्री गर्दा आम लागीकर्ता यी दुई कम्पनीको नेप्से कोडका सम्बन्धमा व्यापक अलमल र अन्योलमा परेको देखिएको छ ।

धेरै लगानीकर्ताले चन्द्रागिरी हिल्स भनेर छ्याङदी हाइड्रोपावरको सेयर किने । अनलाइनबाट सेयर खरिद गर्नेले चन्द्रागिरी हिल्स (सीजीएच) भन्दै छ्याङदी हाइड्रोपावर (सीएचएल) को सेयर खरिद गरेका थिए ।

पछि आफूहरुले गरेको कारोबार गलत भएको थाहा पाएपछि धेरैले सामाजिक सञ्जालहरुमा गुनासो पनि गरेको देखिन्थ्यो । नयाँ लगानीकर्ताहरुमा चेतना अभाव, हतार र असावधानीका कारण यसरी उल्टोपाल्टो कारोबार हुने गरेको देखिएको छ ।

हुन त अनलाइन प्रणालीमा कम्पनीहरुको कारोबार संकेत सँगै पूरा नाम पनि दिइएको हुन्छ । तर हतार र अन्जानमै धेरै एउटा भनेर अर्कोको सेयर किनबेच गर्ने गरेको ब्रोकरहरु पनि बताउँछन् ।

लगानीकर्ताहरुले पनि कम्पनी संकेतबाहेक पूरा नाम अध्ययन नगरी हतारमा कारोबार गर्ने प्रवृत्ति पनि हावी भइरहेको छ । यसले पनि समस्या खडा गरेको छ ।

अर्कोतर्फबाट हेर्दा, लगानीकर्तालाई प्रविधिको प्रयोगमा जनचेतना र साक्षरता अभियानको आवश्यकमा देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here