फास्ट फूड : स्वादको लागि स्वास्थ्यसंग खेलवाड नगर्नुस्

काठमाडौं । यदि तपाईंको बर्गर र फ्राई गरेका खानेकुरा निरन्तर खाने बानी छ भने, यसले तपाईंको स्वास्थ्मा प्रतिकुल असर पार्नसक्छ । नियमित रुपमा फास्ट फूड खाने मानिसहरुमा अत्यधिक मोटोपन हुन्छ र जसको कारण उच्च रक्तचापको समस्या देखिन्छ ।

यस्ता खानेकुराले कोलेस्ट्रोल स्तर पनि अनियन्त्रित गर्छ । यसका साथै अन्य विभिन्न प्रकारको समस्याहरु पनि फास्ट फुडले निम्त्याउछ । जुन निम्न छन् ः

मुटु र पाचन प्रणालीमा प्रतिकूल प्रभाव

फास्ट फूडमा कार्बोहाइड्रेट धेरै हुन्छ । जसले रगतमा कार्ब ग्लुकोजको मात्रा बढाउछ । यस प्रक्रियाले शरीरमा चिनीको मात्रा उच्च बनाउँछ, जसले थप इन्सुलिन निकाल्छ। फास्ट फूड खाँदा रगतमा चिनीको मात्रा बढ्छ, जसले इन्सुलिन प्रतिक्रियामा समस्या निम्त्याउन सक्छ। जसको कारण मधुमेह, उच्च तौल र इन्सुलिन प्रतिरोधको जोखिम बढाउन सक्छ।

मधुमेह को जोखिम

यदि तपाईं फास्ट फूड ड्रिन्कहरू प्रयोग गर्नुहुन्छ भने, त्यसमा हाम्रो शरीरलाई आवश्यक पर्ने चिनिभन्दा धेरै हुन्छ । एक मानव शरीरलाई दैनिक ९ चम्चा चिनि भए पुग्छ । जबकी एउटा ६०० एमएलको कोकमा मात्रै १२ चम्चा चिनि हुन्छ । यसले कोलेस्ट्रोलको मात्रा बढाउँछ, जसले हृदय रोग र मधुमेहको जोखिम पनि बढाउछ ।

मोटाई समस्या

यदि तपाईं फास्ट फूडको रूपमा धेरै क्यालोरीहरू खाइरहनुभएको छ भने, यसले तौल बृद्धि गर्छ । जसले तपाईंमा चाँडै नै मोटोपनको समस्या पैदा गराउछ । मोटोपनको समस्याले श्वासप्रश्वासको समस्या र मुटु र फोक्सोमा अतिरिक्त दबाब गराउछ ।

प्रजनन प्रणालीमा समस्या

फास्ट फुडमा हुने तत्त्वहरूले प्रजनन क्षमतालाई पनि असर गर्न सक्छ । यस्ता खाद्य पदार्थहरूमा phthalates भनिने रसायन हुन्छ, जसले शरीरमा हार्मोनको कार्य परिवर्तन गर्दछ। यो परिवर्तनले प्रजनन प्रणालीमा समस्या पैदा गर्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here