रोकिएन तरकारीमा विषादीको प्रयोग, ८ थरी तरकारी खानै नमिल्ने

जितेन्द्र खनाल

काठमाडौं, २० फागुन । काठमाडौं भित्रने हरिया तरकारीमा विषादीको प्रयोग नघटेको कालीमाटी फलफुल तथा तरकारी बजारमा रहेको विषादी परिक्षण एकाइको तथ्यांकले देखाएको छ ।

एकाइमा चालू आर्थिक वर्षमा भएको कुल १ हजार ५ सय ८ तरकारीको विषादी परिक्षणमा ८ वटा तरकारीमा खानै नमिल्ने गरी विषादी प्रयोग भएका छन् । साथै, ९ वटा तरकारीमा केही मात्रामा विषादी देखिएको छ ।

एकाइको पछिल्लो ५ वर्षको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा मात्रै विषादीको प्रयोगमा केही कमी आएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा कुल १ हजार ८ सय ५० वटा तरकारीमा नमुना परिक्षण गरिएकोमा २ वटा तरकारीमा खानै नमिल्नेगरी विषादी प्रयोग भएको थियो भने १ वटा पर्खनुपर्ने थियो यसका साथै १ हजार ८ सय ४६ वटा तरकारी खानयोग्य थिए ।

यस्तो छ तथ्यांकः

काउली, फर्सी र गोलभेडामा सबैभन्दा धेरै विषादी

एकाइका नायव प्राविधिक सहायक जागेश्वर शर्माका अनुसार काउली, फर्सी र गोलभेडामा खानै नमिल्ने गरि विषादी प्रयोग भएको पाईएको छ ।

‘हामीले गरेको परिक्षणको नतिजा अनुसार सबैभन्दा धेरै काउली, फर्सी र गोलभेडामा विषादी प्रयोग भएको छ’ उनले क्लाउड पत्रिकासँग भने, ‘खासगरी काउलीमा किरा लाग्ने र गोलभेडा छिटै विग्रने भएको कारण पनि धेरै विषादी प्रयोग गरिन्छ ।’

विषादी प्रयोगको तथ्यांक अनुसार फलफूलमा भने अहिलेसम्म कुनै प्रकारको विषादी फेला परेको छैन् ।

धादिङ् र चितवनको तरकारीमा धेरै विषादी

प्राविधिक शर्माका अनुसार चालू आर्थिक वर्षमा धादिङ् र चितवनबाट आएका तरकारीमा खानै नमिल्ने गरी विषादी प्रयोग भएको पाईएको छ ।

यसको अलवा काभ्रे र सर्लाहीबाट आएका तरकारीमा पनि खानै नमिल्ने गरी विषादी प्रयोग भएको एकाइको तथ्यांकले देखाउछ ।

‘हामीले नेपाल तथा अन्य देशहरुबाट आएको तरकारीमा विषादी प्रयोग गर्यौं, त्यसमा धादिङ्, चितवन, काभ्रे र सर्लाहीबाट आएका तरकारीमा खानै नमिल्ने गरी विषादी प्रयोग भएको पाईयो, उनले क्लाउड पत्रिकासँग भने ।

‘जसमा चितवनबाट आएका ४, धादिङ्बाट आएका २ र काभ्रे र सर्लाहीबाट आाएका १/ १ वटा तरकारीमा खानै नमिल्ने गरी विषादी प्रयोग भएको छ ।’

फागुन महिनामा भेटियो धेरै विषादी

एकाइले चालू आर्थिक वर्षमा गरेको सम्पुर्ण परिक्षणमा फागुन महिनामा आएका तरकारीमा सबैभन्दा धेरै विषादी प्रयोग भएको छ ।

फागुन महिनामा गरिएको १ सय ७२ परिक्षणमा ५ वटामा खानै नमिल्ने गरी विषादी प्रयोग भएको छ । साथै, चार वटामा केही मात्रामा विषादी फेला परेको छ ।

त्यस्तै, मंसिर, पुस र मागमा समान १/ १ वटा तरकारीमा खानै नमिल्ने गरी विषादी प्रयोग भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here