अंशवण्डाबाट प्राप्त शेयरको नामसारी कसरी गर्ने ? यस्तो छ प्रक्रिया

काठमाडौं । एक व्यक्तिको नाममा रहेको शेयर अंशवण्डापछि अर्को व्यक्तिको नाममा नामसारी गर्न सकिने व्यवस्था धितोपत्र बजारले दिएको छ । यसको लागि केही प्रक्रियाहरु छन् ।

हकवाला व्यक्तिले TRF का साथ निम्न बमोजिम कागजात संलग्न गरि डिपीलाई निवेदन दिनु पर्छ ।

– लिने दिनेको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

– मालपोत कार्यालयबाट पास भएको लिखित प्रमाणित प्रतिलिपि

– माग गरिएका अन्य प्रमाणित प्रतिलिपि

डिपीले सो निवेदनको वैद्यता जाँच गरि सहि ठहराएमा धितोपत्रहरु हकवालाको नाममा हस्तान्तरण गर्नको लागि अनुरोध पठाऊछ । त्यसपछि आफ्नो खातामा नामसारी गरिएको शेयर आउछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here